Prakash Adhikari January 15, 2020

काठमाडौं, १ माघ । जननिर्वाचित सरकारलाई अपदस्थ गर्ने र संसद समेत विधटन गरी आफ्नै नेतृत्वमा प्रत्यक्ष शासन गर्ने राजा महेन्द्रको २०१७ सालको प्रतिगमनकारी कदममार्फत देशमा अधिनायकवादी निर्दलीय पञ्चायती व्यवस्थालाई टिकाउने नाममा विशेष परिस्थिति ऐन जारी गरी रोक्का गरिएको नेपाली कांग्रेसका नेता सुवर्ण समशेरको जग्गा हडप्त प्रधानमन्त्री के पी ओलीको सरकारले सिंहदरबारमा बसेर गरेको षड्यन्त्रको नयाँ पटाक्षेप भएको छ । सिंहदरबारमा बसेको राज्यसञ्चालनको वैधानिक जिम्मेवारी प्राप्त के पी ओलीको सरकारको भृत्यतन्त्रसंग लोलीमा बोली मिलाउदै जंगलमा बसेर सत्ताका कम्युनिष्ट विरुद्ध आन्दोलन गर्दै आएको नेत्रविक्रम चन्द पनि यो कांग्रेस नेता सुवर्णको बालुवाटारको जग्गा हडप्न अग्रसर भएको छ ।

 

नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले बालुवाटारस्थित ललिता निवास क्याम्पाले चर्चेको जग्गा कब्जा गरेको पर्चा सार्वजनिक गरेको छ भने २०४६ सालको जनआन्दोलन सफल भएर बहुदलीय व्यवस्थाको पुनस्थापना भएपछि नेपाली कांग्रेसका तात्कालीन सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित नेपाली कांग्रेस, संयुक्त वाममोर्चा, राजाका प्रतिनिधि र स्वतन्त्र बुद्धिजीबीसम्मिलित विधायिकाको समेत अधिकारप्राप्त अन्तरिम सरकारले प्रजातन्त्रको पुनस्थापनाको संघर्षमा लाग्दा आफ्नो घर जग्गा र सम्पत्ति रोक्का, कब्जा वा जफत भएका राजनीतिक कार्यकर्ताहरुको जग्गा कानूनले निर्धारण गरेको हदवन्दीभित्र रहेर फिर्ता गर्ने निर्णय अन्तरगत फिर्ता भएपश्चात निजी सम्पत्तिको अधिकार अन्तरगत विक्री हुँदा किनेर प्लटिड.गरी आवासीय क्षेत्र विकासमा सक्रिय रहनुभएका घरजग्गा व्यवसायी एवम् बैंकर डा. शोभाकान्त ढकालको नागार्जुन–१ नर्सरी चोकस्थित घरमा बिहिबार साँझ बम विष्फोट गराएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले डा. ढकालको घरमा कुकुर बम विष्फोट भएको अनुमान गरेको छ ।  घटनास्थलमा पुगेका महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले प्रेसर कुकरका टुक्राहरु भेटिएको सञ्चारमाध्यमहरुलाई बताउनुभएको छ ।

प्रत्यक्षदर्शीहरुले ‘खुला रहेको ढोकामा कुकर बम राखेर तीन जना व्यक्ति भागेको देखेको बताएका छन् । विस्फोट हुँदा ढकालको परिवारका सदस्यहरु घरमै हुनुहुन्थ्यो ।महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार विस्फोटबाट ढकालको घरको झ्यालका सिसा फुटेको र गेटमा क्षति पुगेको बताए। यस्तै पार्किङ गरेर राखिएको गाडीमा पनि क्षति पुगेको छ।

महानगरीय प्रहरी आयुक्त डीआईजी विश्वराज पोखरेलले उपत्याका चारै नाकामा सतर्कता बढाएर विस्फोट गराउने समूहको खोजी गर्न निर्देशन दिइएको बताउनुभएको छ ।काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।

नेपाली सेनाको मेडिकल कलेज निकट बम विष्फोट भएकोले नेपाली सेनाको सेनाको पोष्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

बालुवाटारमा पनि शंकास्पद वस्तु रहेको भनिएपछि प्रहरीले कुकुर शाखाबाट विष्फोटक पदार्थ भएको स्थान पत्ता लगाउन सक्ने तालिम प्राप्त कुकुर परिचालन गरेको थियो । तर, केही फेला परेन ।

विप्लव समूहले विस्फोटको जिम्मा लिएको छ ।

यस पहिले राजा महेन्द्रप्रत्यक्ष नेतृत्वमा बनेको सरकारले २०१७ सालमा विशेष परिस्थिति ऐन ल्याएर ललिता निवास क्याम्पाको २९९ रोपनी मध्ये सुवर्णसमशेरले उहाँकी पत्नी श्वेतप्रभादेवी, छोरा कनकसमशेर,कञ्चनसमशेर र रुक्मसमशेरलाई ५७ ।५८ रोपनीका दरले अंशवण्डा गरी वकस दिएको र बाँँकी जग्गा आफ्नो नाममा राखेको मध्ये सुवर्ण र कञ्चनसमशेरको अंशमा रहेको लगभग १ सय १४ रोपनी जग्गा रोक्का गरी कब्जामा राखेको  थियो ।

त्यसपछि २०१८ सालमा जग्गा प्राप्ति ऐन ल्याई त्यसको हवालादिंदै २०२१ पौष ६ गते  विना प्रयोजन ललितानिवास क्याम्पाको बाँकी जग्गा पनि अधिग्रहणको सूचना जारी गरी, २०२२ जेठ २४ गते कब्जामा लिएको थियो । तर अधिग्रहणको सूचना जारी गरेको भएपनि सुवर्णका परिवार राजाविरुद्धको सशस्त्र क्रान्तिमा सक्रिय रहेकोले २०२३ असोज ७ गतेको गोरखापत्र हेरेर क्षतिपूर्ति लिन आउन संभव थिएन। नेपाली सेनामा कार्यरत ले.क.कनकसमशेरले आफू बस्दै आएको घर तवेला २०२१ सालको भूमिसुधार पछि थालिएको २०२३ सालको नापीमा फिल्ड बुक र स्रेस्तामा उल्लेख गरी ८ रोपनी १२ आना २ पैसा जग्गाको दर्ता पूर्जा पाउन दिएको निवेदनमा २०३५ सालमा मात्र ८ रोपनी जग्गा दर्ता गर्न दिने आदेश दिने पञ्चायतको प्रशासनले राजकाज मुद्दामा रहेका र राजाविरुद्ध सशस्त्र आन्दोलनको घोषणा गर्ने सुवर्णका अन्य अंशियारलाई मुआब्जा दिए भनेर पत्याउने अवस्था देखिदैन ।

 

प्रतिबन्धित विप्लव समूहले बालुवाटारस्थित ललितनिवासको जग्गा कब्जा गरेको घोषणा गरेको छ । सो समूहले सार्वजनिक गरेको पर्चामा बालुवाटारको जग्गामा समेत कब्जा गरिएको ब्यानर राखिएको र नेपाली काग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा रहेको २०४७ सालको अन्तरिम सरकारले फिर्ता दिएको करिब १ सय १२ रोपनी सो पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ ।

 

सिंहदरबारमा गृहसचिव प्रेमकुमार राईको प्रत्यक्ष निर्देशनमा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण समशेरसहित २०४७ सालको अन्तरिम सरकारको नेतृत्वमा रहनुभएका कृष्णप्रसाद भट्टराई र सरकारमा बाममोर्चाबाट प्रतिनिधित्व गर्ने साहना प्रधान,झलनाथ खनाल, निलाम्बर आचार्य, बालुवाटारको अतिविशिष्ट व्यक्तित्वहरुको निवास विस्तारको निर्णय गर्दा नेतृत्व लिने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उहाँको सरकारमा रहनुभएका वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा नेता सुरेन्द्र पाण्डे, शंकर पोखरेल, भीम रावल, कांग्रेसका नेताहरु विजयकुमार गच्छदार, सुजाता कोइराला, बालकृष्ण खाँण, प्रकाशशरण महत र डा.बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारका नारायणकाजी श्रेष्ठ लगायतका कांग्रेस कम्युनिष्ट सबैलाई सिध्याएर प्रजातन्त्रवादीको जग्गा हडप्ने कदमलाई बीरोचित ठहर्याउन गरिएको प्रयासमा हालको राजनीतिक व्यवस्था र संविधान फेर्न सशस्त्र आन्दोलनमा उत्रिएको विप्लब समूह मिसिनु निकै रहस्यमय भएको छ ।

यो विष्फोट त्यति बेला भएको छ , महेन्द्रको अधिनायवादी शासनकालमा विना मुआब्जा कब्जा गरिएको कांग्रेस नेता सुवर्णसमशेरको २९९ रोपनी जग्गा मध्ये ११२ रोपनी फिर्ता दिने क्रममा भएका कमी कमजोरी र सो जग्गा पाएपछि गरिएको विक्री वितरणका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान सकिने अवस्थामा पुगको छ र उसले कांग्रेस कम्युनिष्टलाई सिध्याउने र राजा महेन्द्रको प्रजातन्त्र र सम्पत्ति उपभोगको नागरिक स्वतन्त्रता समेत अपहरण गर्ने कार्यलाई उचित ठहर्याएको तथाकथित त्रिताल समितिको प्रतिवेदनमा उल्लेख भएजस्तो सुवर्णको परिवारले पञ्चायतकालमा मुआब्जा बुझेको कुनै प्रमाण भेटेको छैन ।

राजा महेन्द्रले जग्गा कब्जा वा जफत गरेको प्रमाणित हुनु र २०४७ सालको विधायिकी अधिकारसमेत भएको अन्तरिम सरकारले प्रचलित कानूनको हदबन्दीभित्र रहेर फिर्ता दिनू र बढी जग्गाको मुआब्जा दिनू भनी गरेको निर्णयको सीमाभित्रै रहेर १ सय १२ रोपनी मोहीयानीसहितका जग्गा फिर्ता गर्दा कुनै कैफियत भएको नदेखिएको परिप्रेक्ष्यमा बिप्लवको नामबाट सैनिक शिक्षण अस्पतालको निकट बस्नुभएका व्यवसायी एवम् बैंकर डा. शोभाकान्त ढकाललाई लक्षित गरी बम प्रहार गरिनु निकै रहस्यमय हुन गएको छ ।

Share Now

Leave a comment.