Prakash Adhikari January 15, 2020

 

काठमाडौं,१ माघ। नबिल बैंक लिमिटेडले थप २३ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै एवम् अत्यावश्यक वित्तिय सेवाको प्रत्याभुत गराउँदैै आएको नबिल बैंकले ५ वटा प्रदेशमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ थपिएका शाआहरुमा प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट शाखा तथा प्रदेश २ मा मिर्चैया, गोलबजार, सिरहा र चन्द्रपुर, वाग्मती प्रदेशमा कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा शाखा रहेका छन्।
यस्तै, गण्डकी प्रदेशमा गैँडाकोट, दलदले र कावसोती तथा प्रदेश ५ मा चन्द्रौटा, बर्दाघाट र मणिग्राम गरी जम्मा २३ शाखा थप गरिएका छन्।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयअनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हाल १ सय २ शाखा, १ सय ४३ एटीएम र १हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्।

बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ।

Share Now

Leave a comment.