Prakash Adhikari January 25, 2020

 

             चोट

अदृश्य छन् हृदयका, चोटहरू सानु !
नमेटिने बनेका छन् , खोटहरु सानु !!

न त भयो मलजल, न त शितलु नै  !
फूल फुलेर सुकिसके, बोटहरू सानु !!

तिम्रो माया मलाई होइन, उसलाई रै’छ !
कमी पनि भयो होला, नोटहरु सानु !!

अगतिलो जग बनेछ, पिरतीको घरलाई !
नठडिदै घर-गोठ, भत्किएछन् सानु !!

यात्रा कठिन, बाटो लामो जिन्दगीको मेरो !
भिरको बिचमा बनेका छन् , रोडहरु सानु !!

तिमी पनि सुन्दर नै छौ, सारा यहाँ लठ्ठ  !
तिम्रो लागि चले बाजी, होडहरु सानु  !!

गन्तव्यमा पुग्ने यात्रा, कठिन हुँदो रै’ छ !
ठक्कर मात्र खाने आए, मोडहरु सानु !!

(बाजुरा ,नेपाल)

Share Now

Leave a comment.