काठमाडौं, १३ माघ । नेपालसहित विश्वका चुनिएका सुन्दरी र मोडलहरुले संसारको सबैभन्दा अग्लो स्थानमा क्याटवाक गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।
यही माघ १२ गते (२६ जनवरी २०२० मा )आइतबार सगरमाथाको काख कालापत्थरको ५ हजार ६ सय ४३ मिटर उचाईमा ‘माउण्ट एभरेष्ट फेशन रन वे’ नामक ‘फेशन सो’ सम्पन्न भएको हो ।
फेशन शोमा सहभागी हुन जाम्बिया,फिनल्याण्ड,इटाली, रोमानिया,इण्डोशिया, सिंगापुर,श्रीलंकासहित नेपालका मोडलहरु ९ दिन लामो एभरेष्ट आधार शिविर र कालापत्थरको पदयात्रा गरेर कार्यक्रमस्थल कालापत्थर पुगेका थिए ।
हिउँ नै हिउँले ढाकिएको सगरमाथा हिमश्रृखलालाई पृष्ठभूमिमा पारेर सुन्दर प्राकृतिक छटाका बीचमा विश्वका सुन्दरी र मोडलहरुले आफनो कलात्मक प्रस्तुतिले जाडो यामका पहिरन र नेपाली कलात्मक गरगहनाहरु प्रदर्शन गरेका थिए ।
कार्यक्रमका प्रमुख प्रायोजक आ.बी. डायमण्ड एण्ड ज्वेलर्सका अध्यक्ष रमेश महर्जनले कार्यक्रम एकदम राम्रोसंग सुसम्पन्न भएको बताउनुभयो ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण बर्ष २०२० का पदाधिकारीहरुसहित गिनिज बुक अफ वल्र्ड रेकर्डसका प्रतिनिधिहरु पनि उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमले विश्वको सर्वोच्च स्थानमा भएको फेशन शोमा गिनिज बुकमा कीर्तिमान कायम गरेको छ ।
यस फेशन शोमा सहभागी हुन आयोजक र प्रायोजकसहित नेपाली तथा अन्तराष्ट्रिय मोडलहरुको टोली समूह समूहमा विभाजित भएर जनवरीको तेस्रो हप्ता अर्थात माघको पहिलो हप्तामा काठमार्डौबाट लुक्ला उडेको थियो । सहभागी र आवश्यक सामग्री सहितको पहिलो टोलीका दुई फ्लाईटमा २ माघ अर्थात १६ जनवरीमा कालापत्थर पुग्नको लागि लुक्लातर्फ लागेको थियो । ३ माघ अर्थात १७ जनवरीमा खराब मौसमको कारण उडान रद्द भयो । सहभागीहरुको तेस्रो समूह ४ माघ अर्थात १८ जनवरीमा लुक्ला पुगेको थियो ।
संसारको सबैभन्दा अग्लो स्थानमा विश्वका चुनिएका सुन्दरीहरुको फेशन परेड गरेर नेपाललाई फेशनको दुनियामा स्थापित गर्ने,हिमालय क्षेत्रमा जलवायु परिवर्तनको कारणले पर्दै गएका नकारात्मक असरहरुतर्फ विश्वको ध्यानाकृष्ट गर्ने, नेपाली उत्पादनबाट बनेका न्याना पोशाकहरुको प्रदर्शन गर्ने, नेपाली कलात्मक गररहनाहरु विश्वबजारमा प्रदर्शन गर्ने, पहिरनको निर्माणमा गल्ने सामग्रीहरुको उपयोग गर्ने, कपडामा प्राकृतिक रंगको उपयोग गर्ने र सायनिकहरु कम उपयोग गर्ने र सर्वोच्च स्थानमा अन्तराष्ट्रिय फेशन शो गरेको विश्व रेकर्ड कायम गर्ने उद्देश्य बोकेर हिडेको टोलीको पहिलो बास लुक्ला उत्रेर फाक्दिड.मा भएको थियो ।
फेशन रन वे को टोलीका तीनवटै समूह जम्मा भएपछि सगरमाथा आधार शिविर पदयात्राको दोस्रो दिन ५ माघ अर्थात १९ जनवरीका दिन दुधकोशी नदीको किनारै किनार सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश गरेर ३ हजार ४ सय ३४ मिटरको उचाईमा रहेको सोलुखुम्बुको रमाइलो पर्यटकीय बजार नाम्चेबजार पुगेर बास बसेकोे थियो । तेस्रो दिन ६ माघ अर्थात २० जनवरीमा हावापानी र उचाईसंग अभ्यस्त हुनका लागि नाम्चेबाट ३ हजार ७ सय ८० मिटरमा रहेको खुम्जुड.संगको पदयात्रा गरेको फेशन रन वेको टोली चौथो दिन ७ माघ अर्थात २१ जनवरीमा ३ हजार ८ सय ६० मिटरको त्याड.बोचे पुगेको थियो ।
विश्वका सुन्दरीहरु सम्मिलित एभरेष्ट फेशन रन वे को टोली पाँचौ दिन ८ माघ अर्थात २२ जनवरीमा ४ हजार ४ सय १० मिटरको उचाईमा रहेको दिड.बोचे पुगेको थियो । सोमारे र फेरिचेको शेर्पा गाँउहरु पार गर्दै दिड.बोचेमा बास बसेको टोली छैठौं दिन ९ माघ अर्थात २३ जनवरी दिड.बोचेबाट छुकिड.सम्म पुगेर एक्लामाईज गरी राति दिड.बोचे नै फर्केको थियो । सातौं दिन १० माघ अर्थात २४ जनवरीमा पनि ४ हजार ९ सय १० मिटर उचाईमा रहेको लुवुचेमा पुगेको फेशन परेड टोली आठौं दिन माघ ११ गते अर्थात २५ जनवरीका दिन गोरछेप पुगेको थियो ।
विश्वको सर्वोच्च स्थानमा अन्तर्राष्ट्रिय फेशन सो गरेको विश्व रेकर्ड कायम गर्ने, जलवायुको परिवर्तनबाट हिमाली भेगमा परेको नकारात्मक असर कम गर्न विश्व सन्देश दिने, प्राकृतिक र गल्ने रेशावाट उत्पादित र पहिरन उपयोग गर्ने, कपडामा प्राकृतिक रंगको उपयोगलाई बढवा दिने, पदयात्रा वा पर्वतारोहण गर्दा आपूmले प्रकृतिमाथि त्यागेका फोहरमैलाको उचित व्यवस्थापन गर्न सन्देश दिने सहित नेपालका हिमाली क्षेत्र पदयात्राका लागि हिउँदमा पनि उत्तिकै रमणीय भएको सन्देश दिने उद्देश्यले आयोजित फेशन शो का सहभागीहरु नवौं दिन अर्थात माघ १२ गते (जनवरी २६)मा गोरछेपबाट कालापत्थर पुगेको थियो । ५ हजार ६ सय ४३ मिटरको उचाईमा रहेको कालापत्थरमा विश्वका छानिएका १५ जना सुपर मोडल र ५ जना नेपाली मोडलहरुले कम्तिमा ४५ मिनेटसम्म फेशन शो गरेका थिए ।

फेशन शो को लागि विश्वका २५ देशमा बिक्री हुने नेपाली फेशन ब्राण्ड काशाले नेपालमा फेल्ट, उन र पश्मिनाबाट बनेका विभिन्न डिजाइनका न्याना कपडाहरु पहिर्याएर मोडलहरुलाई र्याम्पमा उतार्नेछ । मोडलहरुको शीर, गला र नाडीमा नेपालमा कलात्मक गहनाको निर्माणमा ख्याति पाएको प्रतिष्ठित आर बी डायमण्ड एण्ड ज्वेलर्सले तयार पारेका क्राउन र गरगहनाहरु सजिएका थिए।
युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको सगरमाथा क्षेत्रमा हुन लागेको यस फेशन शोमा टाइटल स्पोन्सरको लागि ५० हजार डलर,को स्पोन्सरको लागि ३० हजार,सर्पोटरको लागि १८ हजार र आधिकारिक पार्टनरका लागि १० हजार डलर शुल्क तोकिएको थियो ।
नेपाल भ्रमण बर्षको अवसरमा जाडो महिनामा हुन लागेको यस कार्यक्रमबाट नेपालका हिमाली क्षेत्रहरु दृश्याबलोकनका लागि जाडो याममा पनि सहज छन भन्ने सन्देश पनि दिन खोजिएको छ । केही समय पहिले हिँउ परेर ढपक्के ढाकिएको सगरमाथा क्षेत्रको सुन्दर दृश्यहरुले विश्वका सुन्दरीहरु आल्हादित भएको आयोजकहरुले बताएका छन् । यो कार्यक्रमको प्रशारणको लागि प्रख्यात एमटीभीको समूह आएको छ भने नेपालमा यसको प्रशारण हिमालयन टीभीबाट हुनेछ ।

हिउँदको चिसो मौसममा पश्चिमी बायुको प्रभावले भएको हिमपात र बर्षाले अन्नपूर्ण क्षेत्रमा विनास ल्याए पनि सगरमाथा क्षेत्रमा भने प्रकृतिको सुन्दरतामा चार चाँद थपेको छ । गृष्ममा हिउँ पग्लेर काला पहाडमा रुपान्तरित हुने सगरमाथा क्षेत्रमा लुक्लासम्मे हिउँ परेकोले पदयात्रामा जाने टोलीले पदयात्रा र प्राकृतिक सुन्दरताको अवर्णनीय रोमाञ्च पाएको छ । यस फेशन रन वेको पदयात्रा र फेशन शोको क्रममा निर्माण हुने भिडियोले विश्व पर्यटन बजारबाट साहसी पर्यटकहरुलाई नेपालमा आकर्षित गर्नेमा आयोजकहरु ढुक्क रहेका छन् ।
यो मेगा इभेन्टको अर्को सुन्दरपक्ष के रह्यो भने यो पदयात्रामा सहभागी स्वदेशी तथा विदेशी कुनै पनि मोडल र आयोजक,प्रायोजक,सहप्रायोजक र समर्थकहरु विरामी परेका छैनन् । यो इभेन्टसहित सम्पूर्ण पदयात्राको मेडिकल पार्ट नेपाल मेडिसिटी अस्पतालले हेरेको छ भने पदयात्रा र इभेन्ट म्यानेजमेण्टको जिम्मा एशियन ट्रेकिड.ले लिएको छ । एशियन ट्रेकिड.का कार्यकारी निर्देशक दाबा स्टेफन शेर्पा आफै भन्नुहुन्छ,तपाई सपना मात्र देख्नुहोस् ,साकार हामी बनाउछौ ।






























