काठमाडौं, ३ माघ । नेपाली चिकित्सक डा.सदीप खड्कालाई अमेरिकामा चामत्कारिक सफलता प्राप्त भएको छ।
अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा. सुदीप खड्कासहित ११ वैज्ञानिकहरूको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधी पत्ता लगाएका छन् ।
उनीहरुको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ। टोलीमा नेपाली चिकित्सक डा. खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन्।
दुई लाख वटा औषधिको अनुसन्धानबाट तीन वर्ष लगाएर ५६ सम्भावित औषधि पत्ता लागको डा. खड्काले बताए। तीमध्ये एउटा बेन्जोक्विन अनलाइन समूहको औषधिको विस्तृत अध्ययन भएको बताउदै डा. खड्काल भने,‘अन्य भाइरसको भन्दा इबोलाको औषधि खोज अध्ययन १० गुणा बढी चुनौतीपूर्ण थियो तर हाम्रो टोली अध्ययनमा सफल भएको छ। थप औषधि पनि विकासकै क्रममा छन् ।
यो औषधि संसारलाई भयभीत बनाइरहेको अर्को ‘जिका भाइरस’विरुद्ध पनि प्रभावकारी देखिएको छ। यो प्रारम्भिक अनुसन्धानले चाँडै इबोला र जिकाको उपचार हुनसक्ने सम्भावना बढाएको छ।
यो औषधि बजारमा आउनुभन्दा पहिले यसको प्रयोग विधि, मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान गरिँदैछ।
डा. खड्का सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र स्व. हरिबहादुर खड्काका सुपुत्र हुन् ।