Prakash Adhikari February 25, 2020

टेस्सा वङ / बीबीसी न्यूज, सिङ्गापुर

कोरोनाभाइरस फैलिएसँगै चिनियाँ नागरिक वा पूर्वीएशियाली मानिसहरूमाथि भेदभाव गरिएका खबर सार्वजनिक भएका छन् ।

बर्लिनमा चिकित्सकसँग भेट्न जाँदा पहिलो पटक सामी याङलाई केही फरक महसुस भयो। उनलाई तत्कालै भवन प्रवेश गर्नबाट रोक लगाइयो।

अन्य बिरामीहरू क्लिनिकको ढोकाबाट भित्रबाहिर गरिरहेका बेला चिनियाँ मेकअप आर्टिस्ट याङ भने ज्यानुअरी महिनाको जाडो मौसममा बाहिर कुर्न बाध्य भइन्। केही समयपछि उनलाई हेर्ने चिकित्सक बाहिर आइन्।

याङका अनुसार अनि ती चिकित्सकले भनिन्: “यसमा व्यक्तिगत केही पनि छैन, तर…।”

“उनले भनिन्: चिनियाँ भाइरसका कारण हामी चिनियाँ बिरामीहरूलाई लिइरहेका छैनौँ,” याङले बीबीसीलाई भनिन्। “मैले मेरो कुरा राख्ने वा म स्वस्थ छु भन्ने कुरा राख्ने अवसर नै पाइनँ।” उनले हालसालै चीन भ्रमण गरेकी पनि थिइनन्।

कोरोनाभाइरस फैलिएसँगै चिनियाँ नागरिक वा पूर्वीएशियाली मूलका मानिस माथि भेदभाव गरिएका विभिन्न खबर सार्वजनिक भएका छन्।

चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका एक चिनियाँ चिकित्सक लि वेन्लियाङको सङ्क्रमणकै कारण मृत्यु भएपछि चिनियाँहरूप्रति सहानुभूति बढेको छ।

नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका चिनियाँ चिकित्सक लि वेन्लियाङ
नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका चिनियाँ चिकित्सक लि वेन्लियाङ
एशियाली अल्पसङ्ख्यकहरू र चिनियाँ नागरिकहरूले भाइरससँग जोडेर भेदभाव र विभेद बढेको बताएका छन्।

चीन र चिनियाँ नागरिकहरूमाथि गरिने भेदभाव नयाँ कुरा भने होइन। चीन वा चिनियाँहरू मन नपराउने वा उनीहरूसँग डराउने प्रवृत्ति अर्थात् सिनोफोबिया कैयौँ शताब्दीदेखि अस्तित्वमा छ।

तर कोरोनाभाइरसको सङ्कटका बेला विभिन्न तरिकाबाट विश्वको चीनसँगको बढ्दो रूपमा असहज सम्बन्ध देखा परेको छ।

‘पश्चिममा अपरिचित, पूर्वमा भने निकै परिचित’
भाइरससँग सम्बन्धित आलोचना विश्वभरि देखा परेको छ र यसको अभिव्यक्ति विभिन्न तरिकाले भएका छन्।

एशियालीहरू कम भएका युरोप र अमेरिका र अस्ट्रेलियाजस्ता स्थानमा सिनोफोबियालाई चिनियाँहरू फोहोरी र असभ्य हुन्छन् भन्ने सतही भनाइले प्रश्रय दिएको पाइन्छ।

उनीहरूलाई “भाइरस” भनेर बोलाइने कुरा सामान्य भएको छ। एशियाली अल्पसङ्ख्यकहरूलाई सार्वजनिक रूपमै बेवास्ता गरिराखिएको छ र उनीहरू जातीय घृणा वा आक्रमणका सिकार भएका छन्।

https://www.facebook.com/PierreSYang/posts/942534442807480

“येलो पेरिल”, “चाइनिज भाइरस पान्डा मोनियम” र “चाइना किड्स स्टे होम” जस्ता समाचार शीर्षक फ्रान्स र अस्ट्रेलियाजस्ता देशका पत्रपत्रिकामा देखा परेका छन्।

उक्त भाइरसको वन्यजन्तु बेच्ने एउटा बजारमा उत्पत्ति भएको र चमेरोमा रहेको भाइरसबाट त्यो विकसित भएको भन्ने समाचारका कारण चिनियाँहरूले चल्ने कुरा जे पनि खान्छन् भन्ने किसिमका चुट्किलाले झन् व्यापकता पाएका छन्।

https://twitter.com/LukeValentine01/status/1224817287984812032

यस्तो किसिमको प्रतिक्रिया एशियामा पनि देखा परेको छ भने चिनियाँविरोधी भावना थप गहिरो हुँदै गएको छ।

सिङ्गापुर र मलेशियामा हजारौँ मानिसले आफ्नो देशमा चिनियाँहरूको प्रवेशमा रोक लगाइनुपर्ने भन्दै अन्लाइन याचिकामा हस्ताक्षर गरेका छन् र दुवै देशका सरकारले प्रवेशमा एक प्रकारको प्रतिबन्ध लगाएका छन्।

जापानमा केहीले चिनियाँहरूलाई “बायोटेररिस्ट” अर्थात् “जैविक आतङ्ककारी” भनेका छन् भने इन्डोनेशिया लगायतका केही मुलुकमा चिनियाँहरूले खासगरी मुस्लिम समुदायका मानिसलाई सङ्क्रमित बनाएको भन्ने हल्ला फैलिएको छ।

“पश्चिममा सिनोफोबिया जानकारीको कमीका कारण उब्जिएको जस्तो देखिन्छ। तर एशिया र दक्षिणपूर्वी एशियामा भने यो अत्यधिक जानकारीका कारण पैदा भएको हुन सक्छ,” चीनको सार्वजनिक नीतिको अध्ययन गर्ने प्राध्यापक डोनल्ड लोवले भने।

A view of a mural referring to the coronavirus outbreak that was created by the street artist Laika near Piazza Vittorio in the Chinese district of Rome, Italy, 4 February 2020
एशियामा चीनका कारण सयौँ वर्षदेखि क्षेत्रीय विवाद, आप्रवासीको लहर र तिक्ततापूर्ण ऐतिहासिक सम्बन्ध उत्पन्न भएको देखिन्छ।

केही समयअघि मात्र साउथ चाइना सीमाथि चीनको दाबी र सिन्जियाङ प्रान्तमा उइगर मुस्लिमहरूलाई पक्राउ गरेर राखिएको विषयले क्रोध र शङ्का उत्पन्न गराएको छ। अनि त्यो संशयको भावना विशेषत: दक्षिणपूर्वी एशियामा छ जहाँ मुस्लिम जनसङ्ख्या उल्लेख्य छ।

चिनियाँ पैसा र बढ्दो लगानीलाई स्वागत गरिएको भए पनि चीनको आर्थिक प्रभुत्व र स्थानीय अर्थतन्त्रलाई कम फाइदा हुने जस्ता विषयले शङ्का उत्पन्न गराएको छ।

Poster denouncing "racist" stigmatization suffered by Asian people in France since the start of the Coranovirus epidemic in China
‘आश्चर्य र तिरस्कार’
सिनोफोबियाको यो वर्तमान छाल मुख्यतः हालको सङ्कट र पछिल्ला वर्षहरूमा चीनले विश्वमञ्चमा गरेको व्यवहारका कारण हो भन्ने धारणा कतिपयको छ।

चिनियाँहरूप्रतिको एउटा सामान्य मनोवृत्ति “आश्चर्य र तिरस्कार” को मिश्रण रहेको प्राध्यापक लोव बताउँछन्।

चीनले कोरोनाभाइरस सङ्कटसँग कसरी सङ्घर्ष गरिरहेको छ भन्ने नियालिरहेका केही व्यक्तिमा “चिनियाँहरूले के गर्न सक्छन् भन्ने कुराको अविश्वसनीय प्रशंसा छ। तर वन्यजन्तुको कारोबार रोक्न नसकेको वा पारदर्शी हुन नसकेको जस्ता विषयमा भने उनीहरूको विरोध छ।”

चिनियाँ अधिकारीहरूले प्रारम्भिक जानकारी गराउन र उक्त सङ्कटसँग जुझ्ने क्रममा आफूहरू निकै सुस्त भएको स्वीकार गरेका छन्।

Share Now

Leave a comment.