Prakash Adhikari February 25, 2020

काठमाडौं,फागुन १२ । नेपाली गीत, सङ्गीत र सञ्चार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एवम् साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा राम कार्कीको एरेन्ज तथा सङ्गीत रहेको ‘आउन माया बसी देऊ यो दिलमा तिम्रै लागि साँच्या छु जोवन’ बोलको मायामा अल्झिएर नयाँ संसारको कल्पनामा हराउने मनमा सपनाहरू देख्ने हृदय स्पर्सी गीतको भिडियो सार्वजनिक भएको छ ।

राजु श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा सुपा खनाल र सुरेन्द्र महर्जनको अभिनय रहेको छ । उक्त गीत युवा पुस्तालाई लक्षित गरेर बजारमा ल्याइएको स्रजकले बताएका छन् । आम दर्शक एवम् स्रोताको धुकधुकी बन्न सक्ने रचनाकारले बताए । सुरेश बज्राचार्यको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा मनिषा भट्टराईको श्रृङ्गार रहेको छ । भिडियो अपसराज एवम् अमर सङ्गको प्रस्तुतिमा स्रोता/दर्शकमाझ आएको हो ।

Share Now

Leave a comment.