Prakash Adhikari February 27, 2020

मिल्वाकी(विस्कन्सिन, संयुक्त राज्य अमेरिका), १५ फागुन । अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीमा मोल्सन क्रुस ब्रुइङ कम्पनीका एक कर्मचारीले बन्दुक चलाई पांच जना सहकर्मीको हत्या गरेका छन ।

प्रहरीका अनुसार बुधबार दिउसो भएको सो घटनामा ५१ बर्षीय बन्दुकधारीलेपनि आफै आत्महत्या गरेका छन ।

भर्खरै कामबाट निकालिएका बन्दुकधारी सोही कम्पनीका एक पूर्व कर्मचारी भएको बताइएको छ ।

मिल्वौकीका मेयर टोम ब्यारेटले शहरकै लागि अकल्पनीय त्रासदी भएको बताएका छन ।

मृतकहरु सबै सोही कम्पनीका कर्मचारीहरु रहेको बताइएको छ ।

घटनाबारे राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै त्रासदीपूर्ण भनेका छन ।

मिल्वौकी प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Share Now

Leave a comment.