Prakash Adhikari March 1, 2020

 

काठमाडौं, १७ फागुन । आगामी बर्ष महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसमा असन्तुष्ट पक्षको सहमतिवेगर पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका १३ विभागीय प्रमुख र ५ जना केन्द्रीय सदस्यहरु मनोनित गर्नुभएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णाप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्ति अनुसार कांग्रेस सभापति देउवाले गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग,फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई–मधेश समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग, शंकर भण्डारीलाई तरुण विभाग, सीता गुरुङ लाई आदिवासी जनजाति विभाग,गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मालाई (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग र शिवप्रसाद हुमागाँइलाई श्रमिक तथा टे«ड युनियन विभागको प्रमुख चयन गर्नुभएको छ ।

महाधिवेशनको मुखमा सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुट) र ध्रुब वाग्ले (तनहुँ)लाई मनोनयन गर्नु भएको छ ।

Share Now

Leave a comment.