Prakash Adhikari March 2, 2020

खरिपाटी(भक्तपुर) । चीनको बुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना नेपालीहरुको निर्धारित २ हप्ताको क्वारेन्टाइन अवधि पूरा भएको छ ।

कोरोनो भाइरस (कोभिड–१९)को परीक्षण प्रतिवेदन सोमबार दिउँसो सार्वजनिक भएपछि यसमा पासहुनेहरुलाई आजै क्वारेन्टाइन मुक्त गरी आफ्नो निवास पठाइने छ ।

(क्वारेन्टाइन अवधि समाप्त भएको र कसैमा पनि संक्रमण नभेटिएको खुसीयालीमा खरिपाटीमा रहेकाहरुले नाचगान गरेर रमाइलो गरे)

https://www.facebook.com/bikkyda/videos/10158284951524766/

दुई हप्ताअघि ल्याइएकै दिन गरिएको पहिलो स्वास्थ्य परीक्षणमा कसैलाई पनि कोरोना संक्रमण देखिएको थिएन। १४ दिन बसेपछि शनिबार गरिएको अर्को परीक्षणको रिपोर्ट आज दिउँसोसम्म सार्वजनिक हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ।

क्वारेन्टाइनमा रहेकामध्ये कसैमा पनि संक्रमण नदेखिए उनीहरुलाई आजै घर फर्काइने उनले बताए। यदि कसैमा संक्रमण देखिएयो भने उसलाई आइसोलियसनमा राखेर उपचार गर्ने र उसको नजिकको सम्पर्कमा रहेकालाई थप १४ दिन क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ।क्वारेन्टाइनमा एउटा कोठामा तीन जनासम्म राखिएको छ।

Image may contain: 12 people, people smiling, people standing
स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा रहेकाहरुले प्रयोग गरेका सामग्रीहरु नष्ट गरिने जनाएको छ।

चालक दलका सबै स्वस्थ्य

चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर फर्केको विमानका चालकदलका सबै १८ जना सदस्य स्वस्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनीहरुलाई दुई हप्तासम्म नगरकोटमा अलग्गै राखिएको थियो ।

शनिबार गरिएको दोस्रो स्वास्थ्य परीक्षणमा सबै संक्रमणरहित देखिएका थिए ।

Share Now

Leave a comment.