Prakash Adhikari March 11, 2020

 

काठमाडौं, २८ फागुन । कमल थापाको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति समशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनीको संयुक्त नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) बीच बुधबार एकीकरणको घोषणा भएको छ।

राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरी दुवै राप्रपाका तीन अध्यक्ष थापा,राणा र लोहनीबीच पार्टी एकतासम्बन्धी आधार पत्र आदान प्रदान गरेर पार्टी एकीकरण भएको घोषणा गरिएको हो।

पार्टी एकीकरणको समझदारी अनुसार अब राप्रपामा ३ अध्यक्ष रहनेछन्।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गीतामा हात राखेर पार्टीलाई कहिल्यै नफुटाउने कसम खानुभएको थियो ।

उहाँले विगतमा पार्टीमा भएको विभाजनले पार्टीका कार्यकता र देशले ठूलो संकट सामना गर्नुपरेको कटु अनुभव स्मरण गर्दै आगामी दिनमा कुनै पनि आग्रह तथा पूर्वाग्रहबिना कार्यकर्ताहरुलाई योग्यता र क्षमता अनुरुप जिम्मेवारी दिई संगठनलाई सबल बनाएर कांग्रेस तथा कम्युनिष्टहरुको विकल्पको रुपमा एक बलियो संगठन बनाउने दावी गर्नुभयो ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दु धर्मका आधारमा आफ्नो संगठन बलियो बनाउने रणनीति अख्तियार गरेता पनि २०१९ सालको महेन्द्रको मार्ग पछ्याएर पूर्वपञ्चहरु बैकल्पिक शक्ति बन्ने संभावना भने ज्यादै कमजोर छ । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा टुक्रिएर तीन चीरा भएको राप्रपा त्यही राजतन्त्रको जलपले एकीकरण हुने सपना विपनामा परिणत हुन्छ हुँदैन भन्न सकिदैन ।

२०१७ सालमा बहुदलीय संसदीय प्रजातन्त्रको हत्या गरेदेखि नै राजतन्त्रको साथ दिंदै आएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापा भने एकीकृत राप्रपाले लिएको राजतन्त्र सहितको प्रजातान्त्रिक व्यवस्थामा सैैद्धान्तिक मतभेद जनाउदै एकता प्रक्रियाबाट अलग हुनुभएको छ । नेपाली कांग्रेसका नेताहरुका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँलाई कांग्रेसमा भित्र्याउने तयारी गरिरहनुभएको छ ।

Share Now

Leave a comment.