काठमाडौं, २८ फागुन । मंगलबार तीन पटक नकारात्मक सर्किट लागेर सबा २ घण्टामा बन्द हुन पुगेको नेपालको सेयर बजारमा बुधबार भने हरियाली छाएको छ ।
बुधबार नेप्से सूचक ७३.७८ अंकले बढेर १४२३.०९ विन्दुमा आइपुगेको छ । बुधबार नेप्से परिसूचक समग्रमा ५.४७५ ले बढेको थियो ।
Top Turnovers
बुधबार १ सय ८० कम्पनीको २ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो। यस दिन ५६ लाख २६ हजार ८१२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
खरिदबिक्रीमै दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र एनएमबि बैंक परेका छन् । यस दिन करिब दर्जन कम्पनीको भाउ १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ ।साल्ट ट्रेडिङ, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्सुरेन्स, स्वाभिमान लघुवित्त, नेको इन्सुरेन्स, सबैको लघुवित्त, युनाइटेड इन्सुरेन्स, आशा लघुवित्त, शिवम् सिमेन्ट्स लगायतको भाउ सबैभन्दा धेरै बढेको छ ।
यता, हिमाल दोलखाका लगानीकर्ताले सबैभन्दा धेरै ९.३४ प्रतिशतका दरले गुमाएका छन् ।


















