Prakash Adhikari March 22, 2020

आँबु खैरेनी(तनहुँ) । तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस आँबु खैरहनी गाँउपालिकाको ऐनापहरामा आइपुग्दा करिब साँझ ६ बजेको समयमा सडकबाट झण्डै सय मिटर तल मस्र्याड.दीको किनारामा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले दिनुभएको जानकारी अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । उद्धार गरिएका घाइतेहरुमध्ये ३ जनालाई चितवनको भरतपुर अस्पताल र ७ जनाको छिम्केस्वरी अस्पताल तनहुँमै उपचार भइरहेको छ।

करिब ३० जना सवार रहेको बस ‘सडकबाट सय मिटर तल मस्र्याड.दी नदी किनारमा पुगेको थियो ।

Share Now

Leave a comment.