काठमाडौं, १४ चैत्र । नेपालमा कोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित बिरामी भेटिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारी अनुसार संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ।
शुक्रबार पहिचान गरिएका चौथो संक्रमित गत ७ चैत (२० मार्च) मा भारतको दिल्ली हुँदै काठमाडौँ आएको पुष्टि भएको छ । उनी काठमाडौँमा एक दिन बसेर दोस्रो दिन बुद्ध एयरबाट नेपालगञ्ज हुँदै धनगढी पुगेको बताइएको छ ।
यसअघि बुधबार कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनको टेकु्स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ।
४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि गत आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो।
सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।
देशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत्र ११ गतेदेखि चैत १८ गतेसम्म देशभर लकडाउनको घोषणा गरेको छ।