लण्डन(संयुक्त अधिराज्य), १४ चैत्र (बीबीसी) । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।
उहाँलाई माइल्ड खालको लक्षण देखिएको छ । उर्हाले भन्नुभएको छ, विगत २४ धण्टामा मलाई केही ज्वरो र खोकी देखिएको छ ।
उहाँले आफू स्वयं एकान्तवासमा बसेर सरकारको सञ्चालन भिडियो कन्फरेन्समार्फत गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले आफूलाई कोरोना भाइरस भएको घोषणा गरे लगत्तै स्वास्थ्य सचिव म्याट हानकूकले आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको बताउनुभएको छ ।
उहाँले लक्षण माइल्ड रहेको र घरबाट काम गरिरहेको बताउदै आफू पनि एकान्तबासमा रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री जोन्सन बिहिबार रात डाउनिड. स्ट्रिटमा राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरुलाई धन्यवाद दिन देखा पर्नुभएको थियो ।


















