Prakash Adhikari January 19, 2018

टोकियो(जापान), ५ माघ । अध्ययन तथा विभिन्न कामको सिलसिलामा जापान आइपुगेका तनहुँबासीहरुको अग्रसरता र सक्रियतामा तनहुँ समाज जापानको स्थापना भएको छ ।

यही पुस ३० गते आइतबारका दिन टोकियोमा भएको एक भेलाले विजय थापाको अध्यक्षतामा समाजको १५ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ ।

समाजमा सुमन भट्टराई र मिन गुरुड. उपाध्यक्ष रहेका छन भने सुनिल रिजाललाई सचिव र सुनिता कँडेललाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ ।

समाजको सदस्यहरुमा कल्पना जीसी, धर्मिका घिमिरे,राजेन्द्र जमरकट्टेल, सन्त गरुड., चूडामणि अर्याल,अनिल केसी, दिपेन क्षेत्री, सुरेश गिरी,माधव सिग्देल र प्रमिला पाण्डे सदस्य रहेका छन् ।

भेलाले राजेन्द्र जमरकट्टेल र अरुण श्रेष्ठलाई समाजको संरक्षक र पुरुषोत्तम सिग्देललाई सल्लाहकारको रुपमा मनोनित गरेको छ ।

Share Now

Leave a comment.