विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८ लाख पुग्न लागेको छ भने यसका कारण करिब ३८ हजारले ज्यान गुमाएका छन्। वल्डोमिटरको पछिल्लो तथ्याङ्क अनुसार विश्वका २ सय देश तथा क्षेत्रमा सोमबारसम्म ७ लाख ८५ हजार ७ सय १२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोमबारसम्म विश्वका ती देश तथा क्षेत्रहरुमा कोरोना भाइरस संक्रमणका कारण ३७ हजार ७ सय ८० जनाको मृत्यु भएको छ।
संक्रमितमध्ये हालसम्म १ लाख ६५ हजार ६ सय ६ जनालाई निको भइसकेको छ । हाल विश्वका बिभन्न अस्पताल तथा घरमा बसेर ५ लाख ८२ हजार २ सय ९२ जना कोरोना संक्रमितले उपचार गरिरहेका छन् । यीमध्ये ५ लाख ५२ हजार ८ सय ४ को अवस्था सामान्य छ भन २९ हजार ४ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएका थियो । त्यसयताको तीन महिनाको अवधिमा यो भाइरस विश्वका २ सय देश तथा क्षेत्रमा फैलिसकेको छ । सुरुमा यसको प्रभाव चीनमा बढी देखिए पनि पछिल्ला दीन चीनमा यसको प्रभाव न्युन र युरोप तथा अमेरिकमा तिव्र रुपमा बढेको छ ।
कारोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने देशमा अमेरिका, इटाली, स्पेन, चीन, जर्मनी, फ्रान्स, इरान, बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड्स, टर्की, दक्षिण कारिया, अष्ट्रिया, क्यानडा र पोर्चुगल रहेका छन् । कोरोनाका संक्रमित सबैभन्दा बढी अमेरिका देखिएका छन् भने मृत्यु इटालीमा भएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार २ सय ४८ पुगेको छ, जसमध्ये ३ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ ।
इटालीमा कोरोना भाइरसका संक्रमित १ लाख १ हजार ७ सय ३९ रहेको छ । यीमध्ये ११ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ ।
स्पेनमा ८७ हजार ९ सय ५६ जना कोरोनाको संक्रमित रहेकोमा ७ हजार ७ सय १६ जनाको मृत्यु भइसकेको छ ।
चीनमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार ५ सय १८ रहेको छ जसमध्ये , ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।
जर्मनीमा ६६ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण भएको छ । यीमध्ये ६ सय ४५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा ४४ हजार ५ सय ५० जना कोरोना संक्रमित रहेकोमा ३ हजार २४ जनाको मृत्यु भइसकेको छ ।
इरानमा कोरोना संक्रमितको संख्या ४१ हजार ४ सय ९५ जना छन् जसमध्ये २ हजार ७ सय ५७ जनाको मृत्यु भइसकेको छ ।
बेलायतमा कोरोना संक्रमितको संख्या २२ हजार १ सय ४१ छ । यीमध्ये १ सय ८० जनाको मृत्यु भइसकेको छ ।
स्वीट्जरल्याण्डमा १५ हजार ९ सय २२ जनामा कोरोनाको संक्रमण देखिएकोमा ३ सय ५९ जनाको मृत्यु भइसकेको छ ।
बेल्जियममा ११ हजार ८ सय ९९ जना संक्रमित रहेकोमध्ये ५ सय १३ जनाको मृत्यु भएको छ ।
नेदरल्याण्ड्समा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ७० रहेकोछ जसमध्ये ८ सय ६४ जनाको मृत्यु भइसकेको छ ।
टर्कीमा कोरोना संक्रमितको संख्या १० हजार ८ सय २७ पुगेको छ । यीमध्ये १ सय ६८ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा ७ हजार ९ सय ८६ संक्रमित छन भने १ सय ६२ को यस भाइरसको संक्रमणबाट मृत्यु भैसकेको छ ।


















