Prakash Adhikari March 31, 2020

 

वाशिड.टन डीसी(संयुक्त राज्य अमेरिका), १८ चैत्र(बीबीसी) । दुई सातामा कोरोनाभाइरसको महामारी ‘उच्च विन्दु’मा पुग्दा त्योसँग जुझ्न अमेरिका निकै राम्रो अवस्थामा हुने राष्ट्रपति डोनल्ड ट्रम्पले बताउनुभएको छ।

त्यसबेलासम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगिने उहाँको दाबी छ।

ह्वाइटहाउसमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भन्नुभयो, अहिले हामीकहाँ कम्तीमा १० कम्पनीहरूले भेन्टिलेटरहरू बनाइरहेका छन्।

अमेरिकाले के गरिरहेको छ ?

ट्रम्पका अनुसार अहिलेसम्म ८ हजार १ सय भेन्टिलेटरहरू निर्माण गरेर पठाइसकिएको छ।

मिसिगनमा थप चार सय, न्यूजर्सीमा तीन सय, इलिनोइ र लुजिआना प्रत्येकमा १ सय ५० र कनेटिकटमा ५० को सङ्ख्यामा भेन्टिलेटर पठाइनेछ।

एक दिनअघि भने ट्रम्पले गभर्नरहरूलाई महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरू लुकाएर राखेको आरोप लगाउनुभएको थियो।

कोरोनाभाइरसका कारण अमेरिकामा 'दुई लाखको मृत्यु हुन सक्ने' ट्रम्प कार्यदलका एक अग्रणी विज्ञले चेतावनी दिएका छन्।
कोरोनाभाइरसका कारण अमेरिकामा ुदुई लाखको मृत्यु हुन सक्नेु ट्रम्प कार्यदलका एक अग्रणी विज्ञले चेतावनी दिएका छन्।

तर राष्ट्रपति ट्रम्पले पुनः भन्नुभयो केही राज्यहरूले आफूहरूलाई चाहिनेभन्दा बढी सामग्री थुपारेर राखेका छन्।

फोर्ड मोटर कम्पनीले सय दिनभित्रै ५० हजार नयाँ भेन्टिलेटरहरू बनाउने ट्रम्पको भनाइ छ।

सहायताको योजना
भाइरसले फोक्सोमा असर गर्दै श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याहरू सिर्जना गर्ने भएकाले त्यस्तो बेला बिरामीका लागि भेन्टिलेटर अत्यावश्यक मानिन्छ।

राष्ट्रपति ट्रम्पले अमेरिकालाई चाहिनेभन्दा बढी उत्पादन भएपछि त्यस्ता उपकरणहरू देशबाहिर पठाउने आफ्नो योजना समेत सुनाउनुभयो।

न्यूयोर्कको सेन्ट्रल पार्कमा अस्थायी अस्पताल बनाइएको छ।
न्यूयोर्कको सेन्ट्रल पार्कमा अस्थायी अस्पताल बनाइएको छ।

सामग्री पठाइने देशमा उनले उच्च प्रभावित इटली, फ्रान्स र स्पेनको नाम लिनुभएको थियो।

इटलीका हकमा भने उनले १० करोड डलर बराबरका ुसर्जिकल र मेडिकलु सामग्री पठाइने बताउनुभयो।

सामाजिक दूरीमा जोड

राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदा ३० दिनलाई निकै महत्त्वपूर्ण भन्दै सामाजिक दूरी कायम राखेर १० लाखभन्दा बढी अमेरिकीको जीवन बचाउन सकिने बताउनुभयो।

उहाँले अहिलेसम्म अमेरिकामा १० लाख भन्दा बढीमा भाइरस जाँच गरिएको भन्दै त्यो अन्य कुनै पनि देशमा भन्दा बढी रहेको दाबी गर्नुभयो।

तर पत्रकारहरूले उहाँलाई प्रतिव्यक्ति जाँचमा अमेरिका किन दक्षिण कोरियाभन्दा पछाडि रह्यो भनेर सोधेका थिए।

जबाफमा राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले गरेको प्रगतिका लागि आफूलाई बधाई दिनुपर्ने बताउनुभयो।

अमेरिकामा रहेको मास्कको अभावबारे बोल्दै राष्ट्रपति ट्रम्पले एउटा मास्कलाई २० पटकसम्म किटाणुमुक्त पारेर प्रयोग गर्न सकिने भन्दै त्यसका लागि आवश्यक उपकरणहरू मुख्य(मुख्य केन्द्रमा पठाइने बताउनुभयो।

पत्रकार सम्मेलनमा ट्रम्पले एक प्रयोगशाला कम्पनीले तयार पारेको ुपाँच मिनेटमै जाँचु गर्न सकिने किट देखाउँदै त्यसले दिने नतिजा निकै विश्वसनीय रहेको बताउनुभयो।

न्यूयोर्कमा नौसेनाको पानीजहाज अस्पताल

यसअघि अमेरिकी नौसेनाको अस्पतालको रूपमा प्रयोग गर्न सकिने एउटा पानीजहाज देशको सबैभन्दा बढी प्रभावित न्यूयोर्क आइपुगेको छ।

अमेरिकी नौसेना
एक हजार शैय्या भएको पानीजहाजमा कोभिड १९ को उपचार भने हुनेछैन। तर त्यसले न्यूयोर्कका अस्पतालमा रहेका अन्य बिरामीको चापलाई कम गर्न सघाउनेछ।

बीबीसीका ग्यारि ओडोनोह्यु भन्नुहुन्छ, यी त्यस्ता दृश्य हुन् जुन तपाईँले २१औँ शताब्दीमा अमेरिकाजस्तो शक्तिशाली देशमा देखुँला भनेर सायदै सोच्नुभएको थियो। यसले आउँदा दिनमा पर्ने उच्च दबावको तयारी देखाउँछ।ू

न्यूयोर्कमा ६० हजार बढी सङ्क्रमित छन् र अहिलेसम्म १२ सयले ज्यान गुमाइसकेका छन्। अमेरिकामा १ लाख ६० हजार सङ्क्रमित भइसकेका छन्।

Share Now

Leave a comment.