काठमाडौं, १८ चैत्र । आठ दिनदेखिको लक डाउनको कारण नेपालमा फसेका अमेरिकी नागरिकलाई नेपालस्थित अमेरिकी राजदूताबासले उद्धार गरी स्वदेश फर्काएको छ ।
अमेरिकी राजदूत रेण्डि बेरीले आफ्नो फेसबुक पेजमार्फत ३ सय २ जना अमेरिकी नागरिकहरू आज दिउँसो कतार एअरबाट अमेरिका फर्कनुभएको जानकारी दिनुभएको छ।
अमेरिकी राजदूतबासले कतार एअरवेज चार्टर सेवामार्फत अमेरिका फर्कन चाहने अमेरिकी नागरिकलाई फर्काएको हो ।
नेपाल पर्यटन बोर्डले सोमबार नेपालका विभिन्न स्थानबाट अमेरिकी नागरिकहरुलाइ काठमाडौंमा जुटाएको थियो ।
https://www.facebook.com/nepal.usembassy/videos/1268291743373697/
राजदूत आफ्ना नागरिकलाई फर्काउने काममा सहयोग गर्ने नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी र संबान्धित सबै संघसंस्था एवम् व्यक्तिलाई सहयोग र सद्भावका लागि धेरै धन्यवाद दिनुभएको छ ।
कतार एअरवेजले अमेरिकी नागरिकलाई कतारको दोहा हुँदै अमेरिका लाग्ने छ ।
यसअघि जर्मनी र फ्रेन्च दूतावासले युरोपियन युनियनका नागतिकलाइ तीन वटा फ्लाइटबाट फिर्ता लगिएको थियो । बुधबार राती अस्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाजमार्फत आफ्ना नागरिक फिर्ता लैजाँदैछ ।


















