Prakash Adhikari March 31, 2020

काठमाडौं, १८ चैत्र । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र नेशनल कलेज अफ कम्प्युटर स्टडिजले यस बर्षको एनसीसीएस सिप्यान क्रिकेट अवार्डका लागि छुट्याएको रकम कोरोना संक्रमण रोकथामको लागि दिने घोषणा गरेको छ ।

क्रिकेटका विभिन्न विधामा दिइने भनिएको सो अवार्डको करिब ४ लाख ६२ हजार रुपैयाँ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण,रोकथाम तथा उपचार कोषमा जम्मा गरिने छ ।

सिप्यान क्रिकेट अवार्ड २०२० मा विभिन्न ५ विधाका खेलाडीलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको थियो ।

चैत्रमा आयोजना गरिने सो कार्यक्रम स्थगित भएको थियो ।

अब सो अवार्डको उत्कृष्ट खेलाडीलाई दिइने रकमलाई सिप्यानले कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यसका साथै एनसीसीएस सीपीएएन अवाडै २०२० रद्द भएको छ । अब २०२१ मा मात्र एनसीसीएस सीपीएएन सो अवार्ड गरिने जनाएको छ ।

Share Now

Leave a comment.