काठमाडौं, १८ चैत्र । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि ४९ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले कोरोना संक्रमणमा प्रदेश सरकारहरुको क्षमता अभिबृद्धिको लागि हरेक प्रदेशले स्थापना गरेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम कोषमा सहयोग गर्ने निर्णय गरेको छ । बैंकले हरेक प्रदेशलाई ७ । ७ लाख रुपैयाको दरले नेप्रदेश सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा योगदान गर्ने निर्णय गरेको हो ।
बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सीमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावस्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने बताएको छ ।
महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताउनु भएको छ ।
यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस कोभिड १९ महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए।टि।एम कुनै पनि बैंकको ए।टि।एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ र हरेक ए।टि।एम मा पर्याप्त मात्रामा नगद रहेको कुरा समेत बैंकले जनाएको छ ।


















