काठमाडौं, १९ चैत्र । कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४२ हजार नाघेको छ ।
कोरोना भाइरसबाट भएको विनासको अभिलेख राख्दै आएको वल्र्डोमिटरका अनुसार हालसम्म यो यसको संक्रमणबाट ४२ हजार १ सय ७ जनाको जीवन गएको छ । कोरोना संक्रमणमा पर्नेहरुको संख्या ८ लाख ५६ हजार ९ सय १७ पुगेको छ ।
कोरोनाबाट वितेको २४ घण्टामा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ भने एकैदिन ७२ हजार १ सय ७९ जनामा नयाँ संक्रमण भएको छ ।
संयुक्त राज्य अमेरिकामा एकै दिन ७ सय १९ जनाको मृत्यु भएको छ भने २३ हजार ५ सय ५९ जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म अमेरिकामा यस संक्रमणबाट ३ हजार ८ सय ६० जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा कोरोना भाइरसबाट १ लाख ८७ हजार ३ सय ४७ जना संक्रमित भएका छन् ।
इटालीमा एकै दिन ८ सय ३७ जनाको मृत्यु भएको छ भने ४ हजार ५३ जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म इटाली यस संक्रमणबाट १२ हजार ४ सय २८जनाको मृत्यु भएको छ । हालसम्म इटालीमा कोरोना भाइरसबाट १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् ।
स्पेनमा एकै दिन ७ सय ४८ जनाको मृत्यु भएको छ भने ७ हजार ९ सय ६८जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म स्पेनमा यस संक्रमणबाट ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । हालसम्म स्पेनमा कोरोना भाइरसबाट ९५ हजार ९ सय २३ जना संक्रमित भएका छन् ।
चीनमा पछिल्लो २४ घण्टामा मृत्यु भएका र संक्रमित भएकाको तथ्यांक प्राप्त छैन हालसम्म चीनमा ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ भने यस रोगबाट ८१ हजार ५ सय ८१ जना संक्रमित भएका छन् ।
जर्मनीमा एकै दिन १ सय ३० जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय २३ जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म जर्मनीमा यस संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ । हालसम्म जर्मनीमा कोरोना भाइरसबाट ७१ हजार ८ सय ८ जना संक्रमित भएका छन् ।
फ्रान्सममा एकै दिन ४ सय ९९ जनाको मृत्यु भएको छ भने ७ हजार ५ सय ७८ जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म फ्रान्समा यस संक्रमणबाट ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । हालसम्म फ्रान्समा कोरोना भाइरसबाट ५२ हजार १ सय २८ जना संक्रमित भएका छन् ।
इरानमा बितेको २४ घण्टामा १ सय ४१ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय १० जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म इरानमा यस संक्रमणबाट २ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ । हालसम्म इरानमा कोरोना भाइरसबाट ४४ हजार ६ सय ५ जना संक्रमित भएका छन् ।
संयुक्त अधिराज्यमा एकै दिन ३ सय ८१ जनाको मृत्यु भएको छ भने ३ हजार ९ जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म यूकेमा यस संक्रमणबाट १ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ । हालसम्म यूकेमा कोरोना भाइरसबाट २५ हजार १ सय ५० जना संक्रमित भएका छन् ।
स्वीजरल्याण्डमा एकै दिन ७४ जनाको मृत्यु भएको छ भने ६ सय ८३ जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म स्वीजरल्याण्डमा यस संक्रमणबाट ४ सय ३३ जनाको मृत्यु भएको छ । हालसम्म स्वीजरल्याण्डमा कोरोना भाइरसबाट १६ हजार ६ सय ५ जना संक्रमित भएका छन् ।
टर्कीमा एकै दिन ४६ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय ४ जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म टर्कीमा यस संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ । हालसम्म टर्कीमा कोरोना भाइरसबाट १३ हजार ५ सय ३१ जना संक्रमित भएका छन् ।
बेल्जियममा एकै दिन १ सय ९२ जनाको मृत्यु भएको छ भने ८ सय ७६ जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म बेल्जियममा संक्रमणबाट ७ सय ५ जनाको मृत्यु भएको छ । हालसम्म बेल्जियम कोरोना भाइरसबाट १२ हजार ७ सय ७५ जना संक्रमित भएका छन् ।
नेदरल्याण्डसमा एकै दिन १ सय ७५ जनाको मृत्यु भएको छ भने ८ सय ४५ जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म नेदरल्याण्ड्समा यस संक्रमणबाट १ हजार ३९ जनाको मृत्यु भएको छ । हालसम्म नेदरल्याण्डस्मा कोरोना भाइरसबाट १२ हजार ५ सय ९५ जना संक्रमित भएका छन् ।