Prakash Adhikari April 6, 2020

काठमाडौं, २४ चैत्र। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले अधिकारीलाई राष्ट्र बैंक गभर्नरमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकको १७ औं गभर्नरमा नियुक्त अधिकारीको कार्यावधि आगामी ५ बर्ष अर्थात २०८१ चैत्र २३ गतेसम्म रहने छ ।

यस अघि चैत १८ गते बसेको मन्त्रिपरिषद् बैंठकले अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गभर्नर नियुक्तिको लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

सो समितिमा पूर्व गभर्नरको तर्फबाट बिजयनाथ भट्टराई र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा बाणिज्य कानूनको तर्फबाट पूर्व सचिव कृष्णहरि बास्कोटालाई सदस्यमा राखिएको थियो ।

उक्त सिमितिले आजै मात्र सरकार महाप्रसाद अधिकारी, वर्तमान का.मु. गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व अर्थसचिव राजन खनालको नाम सिफारिस गरेको थियो ।

Share Now

Leave a comment.