काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सरकार समक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले पूर्व अर्थसचिव राजन खनाल,पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र वर्तमान कार्यबाहक डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको छ ।
सरकारले नेपालको केन्द्रीय बैंकको गभर्नर नियुक्तिको सिफारिस गर्न अर्थमन्त्री खतिवडाको संयोजकत्वमा पूर्व गभर्नर बिजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा सदस्य रहेको समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।
(२) नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको नियुक्ति गर्न देहाय बमोजिम सिफारिस समितिको गठन गर्नेछः–
(क)अर्थ मन्त्री– अध्यक्ष
(ख)पूर्व गभर्नरहरूमध्येबाट एकजना– सदस्य
(ग)आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय तथा बाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट नेपाल सरकारले तोकेको एकजना व्यक्ति– सदस्य
(३) उपदफा (२) बमोजिम गठन भएको समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय, बाणिज्य, व्यवस्थापन तथा बाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरूमध्येबाट तीनजनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।
(४) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (३) बमोजिम सिफारिस भएका नाममध्येबाट एक जनालाई गभर्नर पदमा नियुक्त गर्नेछ ।
नेपाल राष्ट्र बैंक ऐनमा गभर्नरको नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बन्ने प्रावधान रहेको छ । यस्तो समितिका सदस्यमा पूर्वगभर्नरहरू मध्येबाट एकजना सदस्य र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका एक प्रतिष्ठित व्यक्ति हुनुपर्ने कानूनी प्रावधान छ ।
अब मन्त्रिपरिषद्को बैठकले तीनवटा नाममध्येबाट गभर्नर नियुक्त गर्ने छ ।
तत्कालिन गभर्नर डा. चीरन्जीवि नेपालको पदावधि सकिएपछि चैत ५ देखि राष्ट्र बैंकको गभर्नर पद खाली छ ।
समितिले सिफारिस गरेका मध्ये महाप्रसाद अधिकारी अहिले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । त्यसबेला डेपुुटी गभर्नर रहनुभएका अधिकारी ५ वर्ष अगाडि पनि गभर्नरको लागि सिफारिसमा पर्नुभएको थियो ।
राजन खनाल केही समय अगाडि अर्थसचिवबाट अवकाश पाउनुभएको हो ।
सिफारिसमा पर्नुभएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी हाल कायममुकायम पदमा कार्यरत हुनुहुन्छ ।
राष्ट्र बैंक ऐनमा गभर्नर पदका लागि एकजना डेपुटी गभर्नर सहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।