Prakash Adhikari April 9, 2020

 

काठमाडौं, २७ चैत्र । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले विश्वभर महामारीमा फैलिएको कोरोनाभाइरसको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न स्थानीय अस्पतालहरुलाई सघाउन आफ्ना जिल्ला संघलाई आह्वान गरेको छ ।

यसै क्रममा सुनचाँदी रत्न तथा आभुषण महासंघका मध्य तथा सुदूरपश्चिम प्रदेशका प्रमुख कमलप्रसाद लामिछानेले सेती  प्रादेशिक अस्पताल धनगढीका इमर्जेन्सी वार्ड प्रमुख डा. कृष्ण बहादुर वोहोरा र स्टोर प्रमुख जगत बहादुर सिंहलाई डाक्टरहरुले छनोट गरे अनुसारको १५ थान उच्चस्तरीय पीपीई, १ सय ८० थान पञ्जा र १०० थान सर्जिकल मास्क प्रदान गर्नु भएको छ ।

महासंघका सदस्य संघहरुले मुलुकभरका विभिन्न जिल्लामा उपचारका सामग्रीका साथै निम्न आय भएका परिवारहरुमा खाद्यान्न वितरण आदि मानवीय सेवा कार्यहरु संचालन गरिरहेको पनि महासंघले जनाएको छ ।

Share Now

Leave a comment.