Prakash Adhikari April 30, 2020

 

मुम्बई(महाराष्ट्र, भारत), १८ बैशाख । भारतीय चलचित्र जगतका चर्चित नायक ऋषि कपुरको निधन भएको छ ।

उहाँको ६७ वर्षको उमेरमा निधन भएको हो ।

उहाँका दाजु रणधीर कपुरले यसको जानकारी दिनुभएको बताइएको छ ।

 

बलिउड अभिनेता ऋषि कपुरको जीवनी

क्यान्सर रोगका बिरामी ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उहाँलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किनुभएको थियो ।

यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उहाँलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

 

ऋषि कपुर दिग्गज अभिनेता राज कपूरको माहिला छोरा हुनुहुन्थ्यो । रणधीर कपूर, ऋतु नंदा, रिमा जैन और राजीव कपूर उहाँका सहोदर दाजुभाइ र दिदी बहिनी हुनुहुन्छ ।

ऋषि कपूरले आफ्नो फ़िल्मी करियरको शुरुआत १९७३ बॉबी फ़िल्मबाट गर्नुभएको थियो ।

उहाँ मेरा नाम जोकर र श्री ४२० फिल्ममा बाल कलाकारको रूपमा पनि देखिनुभएको थियो । उहाँले इमरान हाशमीसंग खेलेको द बॉडी नामक फिल्म नै उहाँको अन्तिम फिल्म हुन गएको छ ।

ऋषि कपूर हालै दीपिका पादुकोणका साथ नयाँ चलचित्रमा काम गर्ने उद्घोष गर्नुभएको थियो । हलिउडको द इंटर्न को हिंदी रिमेक रिमेकको काम गर्ने उहाँको धोको पूरा हुन पाएन ।

उहाँको निधनमा राजनीतिक नेताहरु र दिग्गज कलाकारहरुले दिवंगत आत्माको चीर शान्तिको कामनासहित उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

दिवंगत अभिनेता ऋषि कपूरका एक पत्नी नीतू कपूर, छोरा रणबीर कपूर र छोरी रिद्धिमा हुनुहुन्छ ।

Image

बलिउडका महानायक अभिताभ बच्चनले कपुरको मृत्युबारे ट्वीटरमा यसरी लेख्नुभएको छ, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’

 

बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।

Image

Share Now

Leave a comment.