Prakash Adhikari May 1, 2020

 

काठमाडौं, १९ बैशाख । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकको पूर्वसंध्यामा नेपालस्थित चिनियाँ राजदूत हौ यान्छीको
दौडधूप बढेको छ ।

नेकपाको गत बुधबार बसेको सचिवालय बैठक बैशाख २० गते शनिबार पुनः बस्ने गरी सम्पन्न भएको थियो ।

बिहिबार प्रधानमन्त्री ओलीसंग भेटवार्ता गर्नुभएकी राजदूत यान्छीले शुक्रबार वार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग अलग अलग भेट गर्नुभएको छ ।

अध्यक्ष दाहाललाई भेट्न ललितपुस्थित उहाँको निवास खुमलटार पुग्नुभएकी राजदूत सो भेटघाटपछि नेकपाका अर्का नेता पूर्व प्रधानमन्त्री तथा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई भेट्न उहाको निवास कोटेश्वर पुग्नुभएको थियो ।

विश्वमा महामारीको रुप लिएको कोरोनाभाइरसको रोकथाम,नियन्त्रण र उपचारमा चीनको सहयोगको बारेमा कुरा गरिएको भनिए पनि नेपालको राजनीतिमा चिनिया चासो बढ्दै गएको सन्दर्भमा नेकपाभित्रको रडाकोलाई लिएर उहाँले भेट्नुभएको नेकपाको केन्द्रीय सदस्यहरुको दावी रहेको छ ।

चिनिया राजदूत याड.छीले पूर्वप्रधानमन्त्रीद्धया प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नुपूर्व बिहिबार साँझ प्रधानमन्त्री ओलीलाई पनि भेट्नुभएको बताइन्छ । बिहिबार प्रधानमन्त्रीसंग झण्डै २ घण्टा भेटगरेपछि प्रधानमन्त्री ओलीलाई विस्थापित गर्न अग्रसर नेताद्धय प्रचण्ड र नेपालसंग भेटघाट हुनुलाई अर्थपूर्ण मानिएको छ ।

भेटमा कोरोनाभाइरसको रोकथाम,नियन्त्रण र बिरामीको उपचारको लागि चीनले दिएको सहयोग, अन्य द्धिपक्षीय सहयोग समन्वय तथा आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ ।

भेटमा राजदूत याड.छीले नेकपाका नेताहरु पार्टी एकतालाई यथावत राख्न सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

वार्तामा नेकपाका नेताहरुले नेपाललाई समस्या पर्दा चीनले दिएको सहयोग महत्वपूर्ण रहेको भन्दै यस्तो सहयोग निरन्तर प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभएको बताइन्छ ।

बुधबार मात्रै नेकपाका विदेश विभाग प्रमुख नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सङ ताओसँग भिडियो कन्फरेन्स गर्नुभएको थियो।

उक्त भिडियो कन्फरेन्समा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उप प्रधानमन्त्री ईश्वर पोखरेल र ६ प्रदेशका पार्टी इन्चार्ज सहभागी हुनुहुथ्यो। चिनियाँ पक्षबाट कोरोना नियन्त्रण उच्चस्तरीय समिति संयोजक प्राध्यापक झोङ नान सान तथा चिकित्सक र वैज्ञानिकहरु सहभागी हुनुहुन्थ्यो ।

सोमबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले चिनीया राष्ट्रपति सी चिनफिड.संग टेलिफोन बार्ता गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टीभित्र प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने प्रयास भैरहेको बेलामा भएको चीनको सक्रियताले नेपालमा चिनको राजनीतिक चासो बढ्दै गएको संकेत दिएको छ ।

विगतमा नेपालको राजनीतिक मामिलामा भारतको भूमिका निर्णायक रहने गर्दथ्यो ।

Share Now

Leave a comment.