प्योड.याड.(उत्तर कोरिया), २० बैशाख(बीबीसी) । उत्तर कोरियाली नेता किम जङ अन विगत २० दिनयता पहिलो पटक सार्वजनिक रूपमा देखिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
केसीएनए समाचार संस्थाका अनुसार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काट्नु भएको थियो।
शुक्रवार किमजड. उपस्थित हुँदा उद्योगमा उपस्थित मानिसहरू खुशीले रुन थालेको केसीएनएले जनाएको छ।
एप्रिल १२ तारिखमा सरकारी सञ्चारमाध्यममा अन्तिम पटक देखिएयता नेता किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका थिए।
पुष्टि
उत्तर कोरियाली सञ्चारमाध्यमले किमजड. सार्वजनिक रूपमा देखिएको बारेमा गरेको रिपोर्टलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिँदैन।
पछि सरकारी सञ्चारमाध्यमले उद्योगबाहिर किमले रिबन काट्दै गरेका तस्वीरहरू सार्वजनिक गरेको थियो।
किम पुनः सार्वजनिक रूपमा देखिएको भनिएकोबारे जिज्ञासा राख्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अहिले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दि नुभएको थियो।
सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रवार किमले एउटा रासायनिक मल उद्योगको उद्घाटन गर्नुभएको थियो ।
केसीएनएका अनुसार किम सहभागी भएको कार्यक्रम बहिनी किम यो(जङसहित थुप्रै उत्तर कोरियाली वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
उत्तर कोरियाली नेताले उत्तरी प्योङयाङ क्षेत्रस्थित एउटा उद्योगको कार्यक्रममा रिबन काट्नुभएको थियो।
मुलुकलाई सम्पन्नता दिलाउने दिशामा सर्वोच्च नेताले गरिरहेको नेतृत्वका लागि भन्दै कार्यक्रममा सहभागी मानिसहरू खुशीले रुन थाले, केसीएनएले भनेको छ।
किमले उद्योगको उत्पादन प्रणालीसँग आफू सन्तुष्ट भएको बताउदै देशको रासायनिक उद्योग तथा खाद्यान्न उत्पादनमा पुर्याएको योगदानका लागि कम्पनीको प्रशंसा पनि गर्नुभएको केसीएनएले उल्लेख गरेको छ।
स्वास्थ्यबारे अड्कलबाजी
आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती समारोहमा अनुपस्थित भएपछि किम जङ(अनको स्वास्थ्य अवस्थाबारे अड्कलबाजी शुरू भयो।
उत्तर कोरियाली पात्रोमा किम इल सङको जन्मजयन्ती समारोह सबैभन्दा ठूला कार्यक्रममध्ये एक हो।
र, किम जङअन प्रायः उक्त दिन आफ्ना हजुरबुवाको चिहानस्थल पुग्ने गर्नुहुन्छ।
उत्तर कोरियाली भगौडाहरूद्वारा सञ्चालित एउटा वेबसाइटको समाचारमा किम बिरामी भएकोबारे दाबीहरू गरिएका थिए।
एउटा अज्ञात स्रोतले गत अगस्ट महिनायता मुटुसम्बन्धी समस्याबाट गुज्रिरहेको तर माउन्ट पाएक्टुको पटकपटक भ्रमण गरेपछि अवस्था बिग्रिएको भनेर द डेली एनकेलाई बताएको थियो।
त्यसपछि एउटै स्रोतको भनाइमा आधारित समाचारमा टेकेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि खबर बनाए।