Prakash Adhikari May 4, 2020

लण्डन(संयुक्त अधिराज्य),२२ बैशाख(बीबीसी) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरस सङ्क्रमणका आफ्नो मृत्यु भएको भए के गर्ने भन्ने विषयमा ‘आकस्मिक योजनाहरू’ बनाइएको खुलासा गर्नुभएको छ।

कोभिड-१९ बाट गम्भीर बिरामी परेका प्रधानमन्त्री जोनसन अहिले रोगबाट तङ्ग्रिएर काममा फर्किसक्नुभएको छ।

‘सन’ पत्रिकासँगको एउटा अन्तर्वार्तामा उहाँले आफूलाई भेन्टिलेटरमा राखिने वा नराखिने विषयको सम्भावना ५०-५० प्रतिशत भएको बताउनुभएको छ।

‘यो त्यति बेलाको कुरा हो जति बेला उनीहरू यसलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सोच्न थालेका थिए’, उहाँले भन्नुभयो।

‘यो निकै कठिन क्षण थियो, यसलाई म अस्वीकार गर्दिनँ’, उक्त पत्रिकाले प्रधानमन्त्री जोनसनलाई उद्धृत गरेको छ।

योजनाबारे ‘थाहा थियो’

प्रधानमन्त्री जोनसनका अनुसार आफ्नो मृत्यु भएको अवस्थामा के गर्ने भन्ने विषयमा चिकित्सकहरूले योजना बनाएका आफूले त्यति बेला नै थाहा पाएको बताउनुभयो।

जोनसनका अनुसार उहाँलाई जीवित राख्न निकै धेरै अक्सिजन दिइएको थियो।

उहाँले आफू निको हुनुमा निकै राम्रो स्याहारलाई श्रेय दिनुभयो ।

‘म यसबारे भावुक हुन्छु, तर त्यो असाधारण कुरा थियो।’

गत मार्च २६ मा जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएको थियो। त्यसको १० दिनपछि उहाँलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो। त्यसको भोलिपल्ट उहाँलाई सघन उपचार कक्षमा सारिएको थियो।

‘केही दिनमै मेरो स्वास्थ्यस्थिति त्यो स्तरमा बिग्रिएको कुरा विश्वास गर्न गाह्रो थियो’,उहाँले भन्नुभयो।

बिरामी भएपछि ‘प्रेरणा’

कोरोनाभाइरसको सङ्क्रमण कति गम्भीर रोग हो भन्ने विषलाई व्याख्या गर्दै बेलायती प्रधानमन्त्री जोनसनले भन्नुभयो, ‘मेरो नाक फुटिसकेको छ। औँला, नाडी र करङ पनि भाँच्चिसकेको छ। लगभग सबै कुरा भाँच्चिएको छ। कुनैकुनै अङ्ग त धेरै पटक भाँच्चिएको छ।तर मैले कहिल्यै पनि यति गम्भीर परिस्थिति भोगेको थिइनँ।’

अस्पतालमा बिताएको समयले आफूलाई अरू मानिसहरू यो रोगबाट पीडित नहोऊन् र यूकेलाई ूफेरि स्वस्थू बनाउन सकियोस् भनेर प्रेरित गरेको प्रधानमन्त्री जोनसनले बताउनुभयो।

बिहीवार यूकेले कोरोनाभाइरस प्रकोपको ूचरमोत्कर्ष पार गरेकोू बताउँदै जोनसनले ‘सङ्क्रमण दोहोरिन सक्ने खतरा’ बाट जोगिनुपर्ने बताउनुभयो।

के छ यूकेको स्थिति ? 

बेलायतका प्रमुख मेडिकल अफिसरका अनुसार पछिल्लो हप्तामा अस्पतालहरूमा कोरोनाभाइरस सङ्क्रमणको उपचार भइरहेकाहरूको सङ्ख्या १३ प्रतिशतले घटेको छ।

बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या २८ हजार नाघेको छ।

शनिवार बेलायत सरकारले असुरक्षित बालबालिका र घरेलु हिंसापीडित व्यक्ति तथा लकडाउनका बेला घरमा ूथुनिएकाहरूलाईू सहयोग गर्न ७ करोड ६० लाख पाउन्डको राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

Share Now

Leave a comment.