Prakash Adhikari January 21, 2018

काठमाडौं, ७ माघ । शेयर बजारमा इन्साइडर ट्रेडिङलाई प्रेरित गरेको भन्दै धितोपत्र बोर्डले प्रज्ञान सेक्युरिटिजलाई ७५ हजार रुपैया जरिवाना गरेको छ ।

प्रज्ञान सक्युरिटिजको विराटनगर शाखाका प्रमुखले सिभिल बैंकको साधारणसभा अघि नै ४० प्रतिशत हकप्रद सेयर आउने भन्दै सेयर किन्न प्रेरित गरेको भन्दै बोर्डले कारबाही गरेको हो ।

उक्त शाखाका प्रमुखले सिभिलको हकप्रद आउने भन्दै उक्त सेयरमा लगानी गर्दा राम्रो फाईदा हुने, फाईदा गराउने जिम्मा हाम्रो भन्ने आशयको भाइवर म्यासेजमा ग्रुप बनाएर जानकारी पठाएको देखिन आएकोले बोर्डले छानविन गरी कारबाही गरेको हो ।

बोर्डले प्रज्ञानलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम ७५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

Share Now

Leave a comment.