इटहरी(सुनसरी), ७ माघ । रमपम झापा–११ लाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लब मदन भण्डरी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरी रंगशालामा आइतबार सम्पन्न खेलमा मनाङले झापालाई ४–३ ले पराजित गरेको थियो ।
मनाङको जितमा सुजल श्रेष्ठले ह्याट्रिक गरे भने बिशाल राईले थप एक गोल गरे ।
ररमपम झापाका लागि कर्ण लिम्बू एक्लैले ३ गोल गर्दै ह्याट्रिक पूरा गरे । तर उनको उनले ह्याट्रिकले मात्र झापाको विजय सुनिश्चित गर्न सकेन ।
आइतबारको खेलमा मनाङका लागि ह्याट्रिक गरेको सुजल श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिता अन्तरगत सोमबारको खेल नेपाल आर्मी क्लब र डु«क स्टार क्लब, भुटानबीच हुनेछ ।
राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ भने विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ ।
उद्घाटन खेलमा थ्री स्टार विजयी
शनिवार सम्पन्न उद्घाटन खेलमा थ्री स्टार क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २-१ ले पराजित गरेको थियो ।
थ्री स्टारका अजयी मार्टिन्सले दुई गोल गरेपछि रुस्लान थ्रीस्टार मदन भण्डारी मेमोरियल गोल्ड कपको सेमिफाइनलमा प्रबेश गरेको थियो ।
खेलमा मार्टिन्सले ३८ र ४८ मिनटमा गोल गरे।
थ्रीस्टार का पिटर सेगुनले आत्मघाती गोल गरेपछि शसत्रको खातामा गोल जोडिन पुगेको थियो ।
उद्घाटन खेलमा दुई गोल गरेका मार्टिन्स खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले रु १०,००० प्राप्त गरे।
एमालेका महासचिव रहेका स्व.मदन भण्डारीको स्मृतिमा भैरहेको सो खेलको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । उनले विश्वभर देशको छवि र समृद्धिको शिखर उचाइमा पु¥याउनका लागि खेल जगत्ले महत्वपूर्ण योगदान पु¥याउने भएकाले यस क्षेत्रप्रति राज्य अतिसंवेदनशील भएर अघि बढ्न जरुरी रहेको कुरामा सवैको ध्यानाकर्षण गराएकी थिइन ।