Prakash Adhikari May 8, 2020

काठमाडौं, २६ बैशाख । सरकारले आज बैशाख २६ गते शुक्रबारदेखि लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरेको छ । आर्थिक गतिविधिलाई सञ्चालन गरेर अर्थतन्त्रलाई बिग्रन नदिन सरकारले यस्तो निर्णय लिएको हो ।

सरकारले कृषि तथा औद्योगिक क्षेत्रमा बस्तु तथा सेवाको उत्पादन, वितरण र उपभोगलाई बढाएर अर्थतन्त्रलाई चलायमान गराउने निर्णय गरेपनि अधिक उपभोक्ता वा ग्राहक वा यात्रुहरुका भीड हुने व्यवसायहरुलाई भने खुला गरेको छैन् ।

सरकारले औषधी, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुहरुको उत्पादन तथा बिक्री बितरण, खाद्यवस्तु लगायतका कृषि तथा पशुपंछीजन्य उत्पादन तथा बिक्री बितरण औद्योगिक वस्तुको उत्पादन र बिक्री वितरण,विकास आयोजनाहरुको सञ्चालनको लागि आवश्यक पर्ने ढुंगा, गिट्टी बालुवा, लगायतका निर्माण सामग्रीको ढुवानी,न्यूनतम बैंकिड. तथा वित्तीय सेवा सञ्चालनका लागि लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ ।

सरकारले केन्द्रीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेशस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसंगको समन्वयमा सम्बन्धित जिल्लाको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले जिल्लाको अवस्थाको मूल्यांकन गरी, स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी गराई,सामाजिक दूरी कायम गरी गराई निम्न व्यवसाय खुला गर्न सक्ने सुविधा पनि दिएको छ ।सरकारले लक डाउनमा खोल्न पाइने र नपाइने व्यवसायको वर्गीकरण यसरी गरेको छ :

Share Now

Leave a comment.