Prakash Adhikari May 8, 2020

 

काठमाडौं, २५ बैशाख । नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या एक सय  नाघेको छ।

बिहीवार साँझ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोभिड १९ पुष्टि भएको जनाएपछि सङ्क्रमितको कुल सङ्ख्या एक सय एक पुगेको छ।

मन्त्रालयका अनुसार कपिलवस्तुमा १६ र २२ वर्षका दुई पुरुषमा कोरोनाभाइरस देखिएको हो।

अहिले देशभरि १७ हजार जनाभन्दा बढी मानिस क्वारन्टीनमा छन् भने सम्भावित सङ्क्रमितसहित १ सय ३३ जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखिएको छ।

अहिलेसम्म देशका ७ मध्ये ६ वटा प्रदेशमा कोभिड(१९ भएका व्यक्ति फेला परेका छन्।

कुन प्रदेशमा कति व्यक्ति सङ्क्रमित फेला परे र तीमध्ये कति जना निको भएरु हेर्न यो अन्तर्क्रियात्मक नक्सामा थिच्नुहोस्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या १०० नाघ्यो [
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

सरकारले अहिलेसम्म २२ जना निको भएर अस्पतालबाट बिदा भएको बताएको छ।

तर निको भएर घर फर्किएकामध्ये काठमाण्डूका एक जना र पर्साका दुई जनालाई पुनः परीक्षणको क्रममा कोरोनाभाइरस देखिएपछि अस्पताल भर्ना गरिएको छ।

अतिप्रभावित देखिएका प्रदेश नं १ को उदयपुर, प्रदेश नं २ को पर्सा र प्रदेश नं ५ को बाँकेमा थप परीक्षण गरिने सरकारले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपाली सेनाको सहयोगमा उदयपुरमा कम्तीमा ५ सय , वीरगन्ज र नेपालगन्जमा कम्तीमा एक /एक हजार मानिसबाट परीक्षणका लागि नमुना सङ्कलन गरिनेछ।

Share Now

Leave a comment.