Prakash Adhikari January 22, 2018

बालकोट(भक्तपुर) ८ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको पार्टी स्थायी कमिटीको बैठकले राष्टिय सभाको निर्वाचनका लागि प्रदेश नं ५,६ र ७ का उम्मेदवार टुंगो लगाएको छ ।

बैठकले नेकपा माओवादी केंंन्द्रसँग छिट्टै पार्टी एकता गर्न सिद्धान्त र संरचना हेर्न दुईवटा अलग अलग कार्यदल बनाएर अगाडि बढ्ने निर्णय पनि गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी एकताका लागि दुई वटा कार्यदल बनाएर अगाडि बढ्ने टुङ्गोमा पुगेको जानकारी दिए ।

सचिव भट्टराईले पार्टीको विचार धारा र सैद्धान्तिक पक्षको बीचमा सहमति निर्माण गर्न एउटा कार्यदल र संगठनात्मक कामको संयोजन एवं व्यवस्थापन गर्न अर्को कार्यदल बनाउने निर्णय भएको बताए ।

एक दुई दिनभित्रै बस्ने पार्टी एकता संयोजन समितिको बैठकले यसको टुङ्गो लगाउने जानकारी दिँदै उनले यसका लागि गृहकार्य गरी आ(आफ्नो पार्टीको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा एमाले र माओवादी केन्द्रको पार्टी एकताबारे दुई पार्टीका अध्यक्ष र पार्टी एकता संयोजन समितिको बैठकमा भएका छलफलबारेमा अध्यक्ष ओलीले जानकारी गराएका थिए ।

एमालेको बैठकले सात प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार छनोट गर्ने र २९ जनालाई उम्मेदवारको रुपमा प्रस्तुत गरी १० गते मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनका साथै प्रदेशसभाको सिट बाँडफाँडलगायत कार्य गर्ने गरी एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको थियो ।

बैठकले उक्त प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ । कार्यदलले प्रस्तुत गरेको राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रको सिट बाँडफाँडलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा लागि प्रदेश नं ५,६ र ७ बाट देहायबमोजिम उम्मेदवार उठाउने निर्णय गरेको छ

प्रदेश नं ५–
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६–

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७–
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुावर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

Share Now

Leave a comment.