Prakash Adhikari May 31, 2020

 

काठमाडौं, १८ जेठ । सरकारले संविधानको अनुसूचीमा रहेको निशाना छापमा रहेको नेपालको नक्सा परिमार्जनका लागि संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकआज प्रतिनिधि सभामा पेश गरेको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले आइतबार संसद बैठकमा सो विधेयक पेश गर्नुभएको हो।

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर अध्यावधिक गरेको नयाँ नक्सा जारी गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अंकित नक्शालाई पनि सोहिअनुसार परिमार्जन गर्न संविधानको दोश्रो संशोधन गर्न लागेको हो।

यसअघि जेठ १४ गते संसदको कार्यसूचीमा राखेपछि पनि नेपाली कांग्रेसले सो विषयमा पार्टीमा छलफल गर्न समय माग गरेपछि सूचीबाट हटाइएको थियो।

शनिबार नेपाली कांग्रेसले संशोधनको पक्षमा मत हाल्ने निर्णय गरेकोले संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेश गरिएको हो ।

Share Now

Leave a comment.