नेपालगञ्ज(बाँके), १९ जेठ । हुने हार दैव नटार जस्तै भएको छ । भारतबाट फर्केका केही नेपालीलाई । उनीहरु विभिन्न दुःख कष्ट झेलेर रुपैडिया नाका हुँदै नेपाल प्रवे श गरे । आफ्नै मातृभूमिमा फर्केका उनीहरु आफ्नो जिल्ला र गाउँ पुगेर परिवारसंग बस्ने कल्पनासहित नेपाल गञ्जबाट गाडीमा आफ्नो घर सल्यान तिर जाँदै थिए ।
तर बाँके जिल्लामा महेन्द्र राजमार्गको ठुरिया जङ्गलमा उनीहरु कसैले नसोंचेको दुर्घटना भयो । उनीहरु ३३ जना चढेको गाडी आइतवार मध्यरातमा सडका रोकिराखेको ट्रकमा ठोकियो । सो दुर्घटनामा १२ जनाको मुत्यु हुन गएको छ।
बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार ३३ जना सवार एउटा गाडी राजमार्गमा रोकिएको ट्रकमा ठोकिँदा दुर्घटना भएको थियो।
प्रहरी उपरीक्षक ओलीका अनुसार एघार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका २० जनाभन्दा बढीको भेरी अस्पतालमा उपचार हुँदैछ।
गाडीमा भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनिया नाका हुँदै नेपालगञ्ज आएका मानिसहरू चढेको प्रहरीको भनाइ छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार उनीहरूलाई आइतबार राति रूपैडिया सीमाबाट उद्धार गरेर घरतर्फ पठाइएको थियो।
चालकसहित ३३ जना भएको उक्त गाडी सल्यानतिर जाँदै थियो।
दुर्घटनामा मर्नेहरु मध्ये गाडी चालक र सहचालकको मात्र परिचय खुलको छ।
१२ जनामध्ये एक महिला छिन्।
घाइते भएका २१ जनाको नाम ठेगाना सार्वजनिक गरेको छ।
गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको हो।
दुर्घटनामा घाइते भएका २१ जना दाङ, सल्यान र रोल्पा घर भएकाहरू छन् ।
२१ घाइते नाम ठेगाना
१. दाङ जिल्ला धर्ना-४ का ४५ वर्षीय मेघराज केसी
२. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
३. दाङ जिल्ला राजपुर-२ का २१ वर्षीय जीवन घर्ती
४. दाङ जिल्ला राजपुर गाउँपालिका-६ का २० वर्षीय दिपेश चौधरी
५. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका-२ का २३ वर्षीय रुपलाल केसी
६. दाङ जिल्लाका २० वर्षीय भरत थापा
७. रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका-७ का १७ वर्षीय सुनिल परियार
८. त्यही ठेगानाका २० वर्षीय वीरेन्द्र परियार
९. त्यही ठेगानाका १८ वर्षीय पुरन परियार
१०. रोल्पा जिल्ला कुरैती त्यही ठेगानाका-२ का ५२ वर्षीय नर बहादुर विक
११. रोल्पा जिल्ला टुटु-८ का ४० वर्षीय दिलबहादुर विक
१२. सल्यान जिल्ला कुपिण्डेदह गाउँपालिका-२० वर्षीय मिनराज विक
१३. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-५ का तेजबहादुर बुढाथोकी
१४. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-४ का २८ वर्षीय लोकेश घर्ती
१५. सल्यान जिल्लाका १८ वर्षीय धनबहादुर बोहरा
१६. सल्यान जिल्लाका ५२ वर्षीय दीपबहादुर बुढा
१७. सल्यान जिल्ला शारदा गाउँपालिका-६ का टीका चलाउने
१८. सल्यान जिल्लाका शिव भण्डारी
१९. सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-५ का २६ वर्षीय निमबहादुर बादी
२०. त्यही ठेगानाका १८ वर्षीय देवेन्द्र बुढाथोकी
२१. त्यही ठेगानाका १७ वर्षीय ज्ञान बहादुर बोहरा
प्रहरीले सनाखत गर्न काम थालिएको बताएको छ।
भेरी अस्पतालले केही घाइतेको अवस्था गम्भीर भएको बताएको छ।
बीबीसीकी नेपालगन्ज संवाददाता विमला चौधरीका अनुसार भारततर्फ समेत क्वारन्टीनको गुणस्तरमा समस्या देखिएको गुनासो आउन थालेपछि भारतबाट आएका नेपालीहरूलाई सीमाबाटै उद्धार गरेर उनीहरूको गृहजिल्ला वा स्थानीय निकायमा पठाउने क्रम बढेको छ।(बीबीसी)


















