Prakash Adhikari June 11, 2020

 

काठमाडौँ, २९ जेठ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेसंगै मुलुकमा सञ्चालित उद्यम तथा व्यवसायका सम्बन्धमा बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तिम निर्णय लिएको छ ।

अर्थ  रसूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले बिहिबार दिनुभएको जानकारी अनुसार सरकारले निजी सवारी साधन चलाउन जोर बिजोर प्रणालीको आधारमा सम्बन्धित जिल्लाभित्र मात्र र उपत्यका भित्रका सवारी साधनको हकमा उपत्यकाभित्र मात्र चलाउन पाउने निर्णय गरेको छ ।

आर्थिक गतिविधिलाई चलायमान ग राउने उद्देश्यले सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल तथा डिपार्टमेन्टल स्टोर खुल्ला गर्ने निर्णय गरेको छ तर अधिक मानिसहरुको भीडभाड हुने भएकोले सपिङ मलहरू खुलाउन नपाउने निर्णय गरेको छ ।

निजी सवारीसाधनमा चालकबाहेक दुई जनाले यात्रा गर्न पाउने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सरकारले शिक्षण संस्थाहरूका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठनपाठन गर्न नपाउने, त्यस्तै सरकारी वा अन्य सङ्घसंस्थाका कार्यालय दुई सिफ्टमा चलाइने बताउनुभयो । उहाँका अनुसार बिहान ८ देखि १ पहिलो र १ देखि ६ बजेसम्म दोश्रो सिफ्ट सञ्चालन हुनेछ ।

रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय पनि गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाउने उहाँले जानकारी दिनुभयो ।
सामान्य हिँड्डुल गर्न पाउने र त्यसको लागि अनिवार्य मास्क लगाउनुपर्ने र भिडभाड गर्न नपाउने बताइएको छ ।

निजी सेवा प्रदायक संस्थाका कर्मचारी ओसार्न सार्वजनिक सवारी चलाउन पाउने तर त्यसमा एक लहरमा एक जना मात्र राख्न पाउने, चालकबाहेक दुई जनाले यात्रा गर्न पाउने, यात्रीहरूको मास्क अनिवार्य र यातायातका साधन स्यानिटाइज गरेर मात्र चलाउने पाउने उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्ले गरेको निर्णयको पूर्ण पाठ यस प्रकार छ :

Share Now

Leave a comment.