Prakash Adhikari June 14, 2020

प्रकाश अधिकारी

काठमाडौं, ३२ जेठ । विदेशमा अलपत्र परेका र तत्काल उद्धार गर्नुपर्ने सूचीमा रहेका नेपालीहरुको उद्धारको लागि निर्धारित भएको भाडा दर संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दोस्रो पटक घटाएको छ ।

मन्त्रालयले शनिवार सुरुको निर्धारित भाडाको तुलनामा मुख्य श्रमिक गन्तव्यका शहरहरुको प्रतिव्यक्ति भाडा १ सय ४० देखि १ सय ८० डलरसम्म घटाएको छ ।

विदेशमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धारका लागि जेठ २९ बिहिबार बिहान विभिन्न मुलुकहरुको भाडा दर सार्वजनिक गरेको मन्त्रालय सोही दिन ओमानमा रहेको नेपाली दूतावासले त्यहाको सलाम एअरले प्रति व्यक्ति २ सय ९९ डलरमा नेपाल ल्याउने सूचना सार्वजनिक गरिदिए पछि  भाडा दर पुनर्विचार गर्न बाध्य भएको थियो । ओमानको मस्कटको लागि मन्त्रालयले ५ सय १० डलर प्रति व्यक्ति भाडा दर तोकेको थियो ।

सरकारले कोरोना भाइरसको संक्रमणको त्रास, लकडाउन र मन्दीका कारण रोजगारी गुमाएका र नेपालको घर खेत बेचेर ऋण धन गरेर तल्लो दर्जाको कामका लागि विदेशिएका गरिब र निमुखा नेपाली माथि श्रम शोषण गर्न लागेकोमा नेपाली सञ्चारमाध्यम र विदेशस्थित नेपालीहरुका संघ संगठनहरुले व्यापक विरोध गरेपछि सोही दिन भाडादर केही घटाएको थियो । घटाइएको भाडा दर पनि महंगो भएको गुनासो आएपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिवार भाडादर पुन घटाउन निर्देशन दिएपछि मुख्य श्रम गन्तव्यका शहरहरुमा शुक्रबारको संशोधित भाडादरमा प्रति व्यक्ति ९८ डलरदेखि १०० डलर घटाइएको बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेका नेपालीहरुको उद्धारका लागि निर्धारित भाडादरको सम्बन्धमा देखाएको अस्थिर ब्यबहारले मन्त्रालयसंग भाडा दर निर्धारणको कुनै वैज्ञानिक र भरपर्दो विधि वा न्यूनतम् लागत विधि नरहेकोे तर मन्त्रालयका शासक र प्रशासक संकटलाई भजाएर लुट मच्चाउन मात्र उद्धत भएको पुष्टि गरेको छ । उद्धारको चार्टड भाडा प्रकरणले गोरो अनुहारका युवा मन्त्री हवाईमाफियाको चंगुलमा नराम्रोसंग फस्नुभएको देखिएको छ ।

कहाँ कति घट्यो ?

 

मन्त्रालयको संशोधित भाडा दर अनुसार मलेसिया र खाडीका गन्तव्यमा शुक्रबारको संशोधित दरमा प्रति व्यक्ति भाडामा ९० देखि १०० डलरसम्म भाडा घटाइएको छ । नयाँ भाडादरअनुसार अब मलेसियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ ।


देश                                             सुरु  भाडा                         सुरु र संशोधित भाडा
-(रुपैयाँमा)                            अमेरिकी डलरमा
दमाम (साउदीअरब)                    ७०,८००                               ५९० -५३० -४३०
रियाद (साउदीअरब)                   ७५,६००                                ६३० -५६५ -४६५
जेद्दाह (साउदीअरब)                    ९२,४००                                ७७० -६९० -५९०
दुबई                                           ६०,०००                                ५०० -४५० -३६०
आवुदाबी (यूएई)                         ६०,०००                                ५००- ४५०-३६०
सारजाह (यूएई)                          ६०,०००                                ५०० -४५०-३६०
क्वाललम्पुर
(मलेसिया)                                 ६२,४००                                ५२० -४६५ -३७२
दोहा (कतार)                               ६५,४००                               ५४५ -४९०-३९२
जोर्डन                                         ९७,८००                                ८१५ -७७५ -६७५
ओमन                                        ६१,२००                                ५१०- ४६०- ३६८
बहराइन                                     ६५,४००                                ५४५ -४९०-३९२
कुवेत                                         ६८,४००                                 ५७०-५१०- ४१०
साइप्रस                                     १,०५,०००                               ८७५ -८३०- ७३०
नारिता (जापान)                       १,१२,२००                               ९३५
खार्तुन(सुडान)                           १,१२,८००                               ९४० -८९०
फ्याङकर्फट(जर्मनी)                  १,५०,६००                               १२५५ -११९०
लन्डन (बेलायत)                       १,६२,०००                               १३५० -१२८०
बैंकक (थाइल्यान्ड)                    ४६,८००                                   ३९०
हङकङ                                        ६६,०००                                   ५५० -५२०
माल्दिभ्स                                   ७१,४००                                   ५०५ -४८०
श्रीलंका                                       ४८,०००                                    ४००
बंगलादेश                                   १९,८००                                    १६५
नयाँ दिल्ली                                २४,६००                                    २०५
मुम्बइ                                        ३७,२००                                    ३१०
बैगलोर                                       ४०,२००                                     ३३५
सिड्नी                                                                                                    -१६२५
सिओल                                                                                                  -८७५


त्यसैगरी दोहाको ४९० डलरबाट ३९२ डलरमा झारिएको छ । दुबईको भाडा दर ४५० डलरबाट ३६० डलरमा झारिएको छ ।

साउदीको दमामको भाडा ५३०डलरबाट ४३० डलर, रियादको ५६५ डलरबाट ४६५ डलर र जेद्दाको ६९० डलरबाट बाट ५९० डलरमा झारिएको छ ।

ओमानको भाडा ४६०डलर बाट ३६८ डलर,बहराइनको ४९० डलरबाट ३९२ डलरमा,कुवेतको ५१० डलरबाट ४१० डलर, जोर्डनको भाडा ७७५ डलरबाट ६७५ डलर र साइप्रसको भाडा ८३० डलर बाट ७३० डलर तोकिएको छ ।

international flight from kathmandu nepal:Nepal International ...

उद्धारमा करोडौ घोटालाको तयारी

सरकारले तत्काल उद्दार गर्नुपर्ने सूचीमा विभिन्न देशका २४ हजार १ सय ४८ जनाको नाम सूचीबद्ध गरेको छ । परराष्ट्रले तयार पारको सूची अनुसार मलेसियाबाट ६,४२५, कतारबाट ३,६०८, साउदी अरबबाट ३,३१२,कुवेतबाट २,९९१, युइएबाट ४१०,ओमानबाट ६५६,बहराइनबाट ३७२,अष्ट्रेलियाबाट १,३००, मालद्धिपबाट ७२४, बंगालादेशबाट १८०,श्रीलंकाबाट ३६,पाकिस्तानबाट १२५, साइप्रसबाट ४७१, कम्बोडियाबाट ४१,थाइलैण्डबाट ३७५,सिंगापुरबाट ६१,भियतनामबाट ४,जापानबाट ९१६, दक्षिण कोरियाबाट २८२, इजराइलबाट ३९,युगाण्डाबाट १६१, नाइजेरियाबाट ९७, दक्षिण सुडानबाट १८, सुडानबाट ३१, मोरक्कोबाट ६३, लाओसबाट २, अमेरिकाबाट ५४३,ब्रिटिस टेरिटरीबाट ४९, क्यानडाबाट ७८, डेनमार्क, नर्वे, स्वीजरल्याण्ड र फिनल्याण्डबाट ७६ जना नेपालीको तत्काल उद्धार गर्नुपर्ने अवस्था छ ।

सरकारले विभिन्न सजाँयबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका तर नेपाल आउने अनुमति पाएका, बहिर्गमनको भिसामा रहेका, आफन्तको मृत्युका कारण नेपाल आउन पर्ने, करार समाप्त भएका वा रोजगारी गुमाएका, सुत्केरी र गर्भवति महिला,बालबालिका, अपांग, सरकारी कामकाज, अध्ययन वा तालिममा गएर अडकिएका, अध्ययन सकिएका विद्यार्थी,नेपाल आउने अवस्थामा रहेका विद्यार्थी,पारिवारिक भेटघाटमा गएका, कम्पनीबाट रोजगारीमा विदा सुविधा पाएका,अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत नेपालमा आउन पर्ने अवस्थामा रहेका र पर्यटक तथा व्यापारिक भिसामा विदेशमा गएर अड्किएका नेपालीलाई उद्धारको प्राथमिकतामा राखेको छ ।

५ लाख ८० हजार ८ सय ७१ को उद्धारमा कति खाने ?

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राज्यको निर्देशक सिद्धान्त,नीति र दायित्व कार्यान्वयन,अनुगमन र मूल्यांकन समितिको बैठकमा वैदेशिक रोजगारीमा रहेका वा अध्ययन र तालिमको सिलसिलामा विदेशमा रहेका तथा पारिवारिक मिलन र भ्रमणमा गएका नेपाली मध्ये ५ लाख ८० हजार ८ सय ७१ जनाको उद्धार गर्नुपर्ने बताउनुभएको थियो ।

उहाँका अनुसार २ लाख १० हजार ८ सय ७१ को तत्काल उद्धार गर्नुपर्ने र ३ लाख ७० हजारको विस्तारै उद्धार गरेपनि हुने अवस्था विद्यमान रहेको छ । यसबाहेक भारतमा रोजगारीमा गएका करिब २ लाख पनि कोरोना संक्रमणको महामारी, लकडाउन र रोजगारी गुमेका कारण नेपाल फर्कने अनुमान परराष्ट्रले गरेको छ ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवले संसदको उद्योग वाणिज्य,आपूर्ति,श्रम तथा रोजगार समितिको बैठकमा कोरोनाको महामारी तत्काल कम नभएमा वैदेशिक रोजगारीमा गएका मध्ये १० लाख नेपाली फर्कन सक्ने र ४ लाख ७ हजारले त स्वदेश फर्कन आफ्नो नाम संबन्धित मुलुकका राजदूतावासमा दर्ता गराइसकेको पनि उल्लेख गर्नुभएको थियो । यस मध्ये १ लाख २७ हजार म्याद सकिएर आममाफी पाएका छन भने २ लाख ८० हजार रोजगारी गुमेर फर्कनेहरु छन् ।

मन्त्रालयका अनुसार मलेसिया, कतार,साउदी अरब, यूएई, कुवेत,बहराइन,ओमानमा मात्र १३ लाख ४८ हजार ८ सय ७२ जना नेपाली कार्यरत छन् ।

मलेसियामा रहेका ३ लाख २५ हजार कामदारमध्ये ३७ हजार, कतारका ३ लाख ५१ हजार ८ सय ७२ मध्ये १ लाख ४५ हजार, साउदी अरबका ३ लाख ५ हजारमध्ये १ लाख २० हजार, यूएईका २ लाख ७५ हजार मध्ये ६७ हजार, कुवेतका ५० हजार मध्ये २४ हजार, बहराइनका ३५ हजारमध्ये १० हजार ५ सय र ओमानका ७ हजार श्रमिक मध्ये ३ हजार ५ सयको उद्धार गर्नुपर्ने अवस्था छ ।

नेपाल सरकारले ओमानको राजधानी मस्कटबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको भाडा दर प्रति व्यक्ति ५१० अमेरिकी डलर ( अर्थात करिब ६१ हजार रुपैयाँ) भाडा तयार गरेको थियो तर ओमानस्थित नेपाली राजदूताबासले सोही रुटको लागि त्यहाँको सलाम एअरसंग प्रतिव्यक्ति ११५ ओमानी रियाल अर्थात २९९ अमेरिकी डलर (एक ओमानी रियाल बराबर २.६ अमेरिकी डलर, ३० गतेको विनिमय दरमा) मा ल्याउने गरी संझौता गरेको सूचना सार्वजनिक गर्यो ।

यसरी ओमानबाट आउने यात्रुमा प्रति यात्रु २ सय ११ डलर अर्थात २५ हजार ७ सय ७५ रुपैया ७६ पैसा खान खोजिएको प्रमाणित भएको छ ।

सरकारले तयार पारेको तत्काल उद्धार गर्नुपर्नेहरुको सूचीमा ओमानबाट ६ सय ५६ जनाको उद्धार गर्नुपर्ने उल्लेख गरेको छ । यसरी हेर्दा ओमानको पहिलो चरणको उद्धारबाटै १ करोड ६९ लाख ८ हजार ८ सय ९८ रुपैया ५६ पैसा घोटाला गर्न खोजिएको देखिन्छ ।

सरकारले तयार पारेको आँकडामा ओमानमा रहेका करिब ७ हजार नेपालीमा ३५ सय नेपाली कोरोना भाइरसको संक्रमणको कारण लगाइएको लक डाउन तथा उत्पन्न आर्थिक मन्दीका कारण रोजगारी गुमाएकोले फर्कन सक्ने जनाइएको छ । यसरी हेर्दा ओमानबाट मात्रै ९ करोड २ लाख १५ हजार १ सय ६० रुपैया सीधै खान खोजेको देखिन्छ ।

ओमानको उद्धारमा गर्न खोजिएको ब्रम्हलुटले सरकारले अनुमान गरेको ५ देखि १० लाख नेपालीको उद्धारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोरोना नियन्त्रण तथा रोकथामा उच्चस्तरीय समन्वय समितिका टाउकेहरुले ठूलो घोटाला गर्न खोजेको देखिन्छ ।

विदेशमा रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारहरुको उद्धारका नाममा गर्न खोजिएको भयानक ठूलो आर्थिक घोटालाले प्रधानमन्त्री के.पी. शर्मा ओली बिरामी भएको कारणले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम लगायत राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका पाउनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको राजनीतिक भविष्यमा ठूलो प्रश्न खडा गरेको छ ।

उपप्रधानमन्त्री पोखरेलको नाम कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा संक्रमितहरुको उपचारका लागि स्वास्थ्य सामग्री खरिद प्रकरणमा पनि जोडिएको छ । उहाँ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई द्रुतमार्गको परामर्शदाता चयन प्रकरणमा पनि विवादमा आउनुभएको थियो ।

 

उद्धार ३२ जेठबाट

Nepal Airlines A330 is making chartered flights to Brisbane ...

सरकारले यही जेठ ३२ गतेदेखि असार ११ सम्म ३२ देशमा अलपत्र परेका नेपालीहरुलाई ६७ उडानमार्फत उद्धार गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारी अनुसार यसमध्ये अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने नेपालमा दर्ता भएका नेपाल वायुसेवा निगम र हिमालय एअरले ४३ उडान गर्नेछन् भने विभिन्न विदेशी एयरलायन्सले २४ उडान गर्नेछन् ।

मन्त्रालयले दुई एयरलायन्सलाई दैनिक १० वटा उडानबाट नबढ्ने गरी तालिका बनाएको छ । नेपालका यी एअरलाइन्सको दैनिक २० उडान उडानबाट दैनिक १ हजार ८ सय जनाको उद्धार गर्नेछन् ।

नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले विदेशबाट दैनिक १४ उडानमार्फत २ हजार ६ सय ५६ यात्रुको नेपाल ल्याउन सक्ने प्रस्ताव गतसाता पठाएका थिए । एकैदिन ठूलो संख्यामा मानिस ल्याउँदा व्यवस्थापन गर्न कठिन हुने भएकाले तत्काल दैनिक १० उडानमार्फत मात्रै उद्धार गर्ने मन्त्रालयले अनुमति दिएको छ ।

निगमसँग १ सय ५८ सिट क्षमताका एयरबस ३२० सिरिजका दुई र २ सय ७४ सिट क्षमताका एयरबस ३३० सिरिजका दुई थ जहाज छन् ।त्यस्तै हिमालय एयरलायन्सका पनि १ सय ५८ सिट क्षमताका एयरबस ३२० सिरिजका तीन जहाज छन् । ती जहाजले प्रत्येक उडानमा ८५ प्रतिशत सिट भरिएपछि मात्रै उडान गर्ने पनि मन्त्रालयले जनाएको छ ।

Press Releases

Share Now

Leave a comment.