मुम्बई(भारत), ३२ जेठ । भारतका युवा तथा उदीयमान अभिनेता सुशान्त सिंह राजपूत मृत अवस्थामा भेटिएका छन् ।
मुम्बईको बान्द्रास्थित आफ्नै फ्ल्याटमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका बताइएको छ ।
बिहारको पट्नामा जन्मिएका सुशान्त सिंहको परिवार सन् २००० को सुरुवातमा दिल्लीमा बसेको थियो । सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् ।
ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका सुशान्तले बालाजी टेलिफिल्म्सको ‘किस देश मे है मेरा दिल’ भन्ने टेलिसिरियलबाट अभियनको करियर सुरु गरेका थिए । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए । उनी डान्स रियालिटी शो ‘जरा नच के दिखा’ र ‘झलक दिखलाजा’ मा पनि देखिएका उनले ‘काय पो चे’, ‘शुद्ध देशी रोमान्स’, ‘पीके’ र ‘केदारनाथ’ फिल्ममा काम गरेका छन् ।
भारतीय क्रिकेट टिमका पूर्वकप्तान एमएस धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी : द अन टोल्ड स्टोरी’ र ‘सोन चिडिया और छिछोरी’ जस्ता फिल्ममा काम गरेका सुशान्त विगत ६ महिनादेखि डिप्रेशनमा रहेको बताइएको छ ।
केहीदिन पहिले उनका पूर्व म्यानेजर दिशा सलियनले एउटा भवनको १४ औं तल्लाबाट हामफालेर आत्महत्या गरेका थिए ।
सुशान्तकी पूर्व म्यानेजरको पनि केहि दिनअघि खसेर मृत्यु भएको थियो ।


















