Prakash Adhikari June 17, 2020

काठमाडौं,३ असार । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल भारतले हडपेर सैनिक क्याम्प राखेको कालापानी नजिकै रहेको छाङरुमा पुगेर फर्कनुभएको छ ।

छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) र नेपाली सेनाले निर्माण गरेको छारुड. टिंकर सडकको निरीक्षण गरेर थापा र खनाल धनगढी फर्कनुभएको हो ।

दार्चुलाको छाङ्गरूमा गत वैशाख ३१ गते सशस्त्रको बिओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो।

Border outpost established in Chhangru of Darchula
नेपाली सेनाको हेलिकप्टरबाट दुवै जना बुधबार त्यहाँ पुग्नुभएको थियो ।

छाङरुमा रहेको सशस्त्र प्रहरीको फौजबाट दुई सुरक्षा निकायका प्रमुखले व्रिफिङ लिनुका साथै निर्देशन पनि दिनुभएको थियो ।

दार्चुलाको छाङ्गरूमा गत वैशाख ३१ गते सशस्त्रको बिओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो।

नेपाली सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटो बनाउन घाँटी बगर क्षेत्रमा ट्याक खोल्ने काम भइरहेको छ । यो कार्यका लागि नेपाली सेनाको फौज परिचालित भएको छ ।

दुवैजना सेना प्रमुखहरु बिहीबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति थापा धनगढीमा बनिरहेको पृतनाको निरीक्षणका लागि जानुभएको र त्यसक्रममा मातहतका इकाइको पनि निरीक्षण गर्न दार्चुलामा पुग्नुभएको बताइए पनि दुवै जनाले सामरिक महत्वको कालापानी क्षेत्रको अवलोकन गर्नुको साथै भारतले मिचेको क्षेत्रमै थप तीन वटा बीओपी स्थापना गर्ने तयारीका सन्दर्भमा पनि त्यस क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो।

एक साता अगाडि भारतले नेपाली भूमिमा समेत सशस्त्र प्रहरीलाई गस्ती गर्न अवरोध गरेको थियो। सो क्षेत्रलाई विवादित भूमि बताउँदै नेपाली सुरक्षाकर्मीलाई कालापानी क्षेत्रमा नआउन भन्दै गस्तीमा गएको सशस्त्रको टोलीलाई एसएसबीले हप्काएको थियो।

नेपालले सुगौली सन्धीले निर्धारण गरेको काली नदी पूर्वका सीमाना हालै मात्र सुलिपुलेक, कालापानी, लिम्पियाधुरा र त्यस क्षेत्रमा रहेका गुञ्जी,नाभी र कुटी लगायतका मानववस्ती समेटिएको नयाँ नक्सा जारी गरेपछि सो क्षेत्रलाई निगरानी गर्ने र सीमाको रक्षा गर्ने गरी त्यहाँ थप सुरक्षाकर्मी र बोर्डर आउटपोष्ट थप्ने समेत तयारी भएको छ।

बुधबारको सुरक्षा प्रमुखहरुको स्थलगत अवलोकनले यसका लागि थप रणनीति रकार्यक्रम तयार गर्न सहयोग पुगेको बताइएको छ ।छाङ्रुमा सशस्त्र प्रहरी टोली अहिले व्यक्तिको घर भाडामा लिएर बसिरहेको छ।

गत महिना सशस्त्रको बीओपी स्थापना गर्दा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापा पुगेका थिए।

सीमाका विषयमा दुई ठूला छिमेकी भारत र चीनबीच तनाव बढिरहेका बेला नेपालका सुरक्षा प्रमुख आफ्नो भूमी रक्षाको लक्ष्य लिएर पश्चिमोत्तर सीमामा पुग्नुभएको बताइएको छ ।

Share Now

Leave a comment.