काठमाडौं, १० आषाढ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजारको निकट पुगेको छ ।
विगत २४ घण्टामा थप ६ सय २९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंग संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेकोस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
संक्रमितहरुमध्ये २४ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ३८ जना निको भएका छन्।
विगत २४ घण्टामा १ सय १४ जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार ८ सय २८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ।
अहिलेसम्म रसुवाबाहेक सबै ७६ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको पुष्टि भएको छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
असार १० गते बुधवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क
- १०,७२८ कुल सङ्क्रमण
- ७६ प्रभावित जिल्ला
- विगत २४ घण्टामा पीसीआर परीक्षण ६,८२८
- चिकित्सकीय निगरानीमा अलग्गै ८,३६६
- देशभरि क्वारन्टीनमा ७८,६३९
- अहिलेसम्म निको २,३३८
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि ७८ हजार ६ सय ३९ जना क्वारेन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारेन्टाइनमा छन्।


















