नयाँ दिल्ली(भारत),१६ आषाढ(बीबीसी) । भारत सरकारले ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएको छ।
सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा चीनबारे केही उल्लेख गरिएको छैन तर प्रतिबन्ध लगाइएका कैयौँ एपहरू चीनमा बनेका वा चिनियाँ कम्पनीको स्वामित्वको रहेको छ।
प्रतिबन्धित एपमा टिकटक, वीच्याट, यूसी ब्राउजर र शेअरइट जस्ता चर्चित एपहरू छन् जुन भारतमा निकै नै प्रयोगमा रहेको मानिन्छ।
भारत सरकारले निर्णय लद्दाख क्षेत्रको गलवान इलाकामा चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएपछि चिनियाँ सामान, सफ्टवेअर र एप बहिष्कार गर्नुपर्ने आवाज उठेका बेला लिइएको छ।
इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयका अनुसार ती एपहरू ‘भारतको सम्प्रभुत्ता र सुरक्षाको निम्ति खतरा’ भएकाले प्रतिबन्धित गरिएको हो।
कसरी हट्छ?
‘एउटा टिकटक भिडिओले जीवन बदल्न सक्छ’
आईटी मन्त्रालयले आईटी कानुन अनुसार उक्त निर्णय लिएको हो।
ती एपहरू एन्ड्रोयड र आईओएस दुवै अपरेटिङ् प्रणाली भएका मोबाइल फोनमा प्रतिबन्धित हुनेछन्।
मन्त्रालयका विज्ञप्तिमा भनिएको छ, “भारतका करोडौँ मोबाइल र इन्टरनेट प्रयोगकर्ताको डेटा सुरक्षा र गोपनीयतालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।”
यसबाट भारतको साइबर सुरक्षा सुनिश्चित हुने सरकारको भनाइ छ।
एपल र गुगलले भारतबाट हटाए टिकटक
उक्त प्रतिबन्धपछि दुवै खाले मोबाइल फोनले एप स्टोरबाट ती एपहरू हटाउनु पर्नेछ।
तर सरकारले जारी गरेको विज्ञप्तिमा मानिसहरूलाई आ-आफ्नो मोबाइलबाट ती एप मेट्न अपिल गरिएको छ।
जसले ती एप आफ्नो मोबाइलमा राखेका छन् उनीहरूले नहटाउँदासम्म रहिरहने छन्।
तर एप स्टोरबाट हटाइएपछि उनीहरूले आफ्नो स्मार्टफोनमा राखेका एप अपडेट गर्न सक्ने छैनन्।




















