Prakash Adhikari June 30, 2020

काठमाडौं, १६ आषाढ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले १६ गते बी.पी. स्मृति नगर सानेपा ललितपुरमा बस्ने बैठकमा उपस्थितिको लागि केन्द्रीय समितिका पदाधिकारी, सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरुलाई आमन्त्रण गरिसकिएको जानकारी दिनुभएको छ ।

यही आषाढ १४ गते बसेको पदाधिकारीहरुको बैठकमा बनेको सहमति अनुसार पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कार्यसमितिको बैठक बोलाइएको हो ।

नेपाली कांग्रेसको २०७६ पौष ११ गते बसेको बैठकले २०७७ फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने निर्णयसहित महाधिवेशनका कार्यतालिका तय गरेको थियो ।

सो बैठकको निर्णय ५ मा भनिएको थियो : नेपाली कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात क्रियाशील सदस्यता वितरण/नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पु¥याई देहाय बमोजिमको मितिमा देहाय बमोजिमका कार्य सम्पन्न गरी पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि प्रस्तुत कार्यतालिकालाई अनुमोदन गर्ने ।बैठकले पारित गरेको कार्यतालिका अनुसारपार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ पौष मसान्तभित्र,प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गरी सक्ने अवधि – २०७६ माघ देखि २०७७ वैशाख मसान्तसम्म, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ जेठ १ गतेदेखि असार १५ गतेभित्र,नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अवधि –२०७७ असार १६ गतेदेख असार मसान्तभित्र,उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेभित्र, क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेदेखि श्रावण मसान्तसम्म, उजुरी÷पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ भाद्र मसान्तभित्र,नयाँ क्रियाशील सदस्यता र क्रियाशील नविकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नु पर्ने अवधि –२०७७ आश्विन मसान्तसम्म ।

सोही बैठकले महाधिवेशनको कार्यतालिका पनि तय गरेको थियो । जस अनुसा गाउँ÷नगर वडा अधिवेशन– २०७७ मंसिर ९ गते, गाउँ÷नगरपालिका अधिवेशन– २०७७ मंसिर ११ गते,प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १७ गते, जिल्ला अधिवेशन – २०७७ मंसिर २५ गते, प्रदेश अधिवेशन– २०७७ पौष १५ गते र केन्द्रीय महाधिवेशन २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौंमा हुने निर्णय भएको थियो ।

पहिलो संशोधन

तर एकमहिना पछि २०७६ माघ १३ गते बसेको बैठकले पार्टीको अन्तरिम संरचना, क्रियाशील सदस्यता वितरण र अन्तिम निर्णय सहित पार्टीको महाधिवेशनको कार्यतालिकामा संशोधन गरेकोे थियो । जस अनुसार अन्तरिम संरचना र सदस्यतामा यस्तो व्यवस्था गरिएको थियो,पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र,विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म,प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र,नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गतेभित्र , उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्तभित्र, क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र, उजुरी÷पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेभित्र, नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गतेभित्र, केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्तभित्र ।

पार्टीको विभिन्न तहको महाधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको थियो ।
सो कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन– २०७७ कात्र्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन– २०७७ कात्र्तिक १८ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्र्तिक २१ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्र्तिक २३ गते,एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्र्तिक २५ गते, प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते र १४ औं केन्द्रीय महाधिवेशन २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं हुने निश्चित गरिएको थियो ।

दोस्रो संशोधन

तर पार्टीको माघ २९  गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजनको कार्य कतिपय जिल्लाहरुमा हालसम्म पनि सम्पन्न नभई सकेको जनाउदै क्रियाशील सदस्यता वितरण÷नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पु¥याई पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि केन्द्रीय कार्यसमितिको यही माघ १३ गतेको बैठकको निर्णयबाट पारित समायोजन र क्रियाशील सदस्य सम्बन्धी कार्यतालिकामा संशोधन गर्यो । संशोधित कार्यतालिका अनुसार पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ फाल्गुण १५ गतेभित्रविधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण १६ गतेदेखि २०७६ चैत्र मसान्तसम्म, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र, नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गतेभित्र,उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्तभित्र, क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र, उजुरी÷पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेभित्र, नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गतेभित्र,केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्तभित्र कायम गरियो ।

कार्यतालिकामा सशोधन कि महाधिवेशन सार्ने ?

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण र त्यसको रोकथाम तथा नियन्त्रणको लागि अपनाइएको लकडाउनको कारण नेपाली कांग्रेसको महाधिवेशनका सबै गतिविधिहरु प्रभावित भएका छन् । क्रियाशील सदस्यताको टुंगो लाग्ने बेलामा समेत यसको वितरण प्रक्रिया सुचारु हुन सकेको छैन् ।

यसर्थ आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने सम्बन्धमा छलफल गरी निर्णय लिनेछ ।

कांग्रेसमा महाधिवेशनको कार्यतालिकामा हेरफेर गरेर निर्धारित समयमा गर्न सकिन्छ कि सकिंदैन भन्ने प्रश्न खडा भएको छ । कार्यसमितिको म्याद १ बर्ष थपिसकिएकोले अन्य कार्यतालिका संशोधन गरेर महाधिवेशन निर्धारित मितिमा नै गराउनुपर्दछ भन्ने दबाब इतर समूहको रहेको छ भने संस्थापन पक्ष सुविधापूर्वक महाधिवेशन गर्ने पक्षमा छ । महाधिवेशन जति ढिलो भयो, एक कार्यकाल पूरै निस्क्रिय बनेको र पार्टीको इतिहास र साःख लगभग सिध्याउने भूमिकामा रहेको वर्तमान कार्यसमिति र मूलत सभापति शेरबहादुर देउवालाई त्यति नोक्सानी हुने देखिन्छ ।

त्यसैले अन्य कार्यतालिका संशोधन गरी महाधिवेशन निर्धारित मितिमै गर्ने निर्णय हुने संभावना प्रवल छ । महाधिवेशनको मिति सार्न नदिनका लागि दबाब दिन नेपाली कांग्रेसको इतर पक्षका जिल्ला सभापतिहरु पार्टी महामन्त्री डा.सशांक कोइरालाको निवासमा बिहान भेला भएका थिए ।

सरकारको समीक्षा र विरोध कार्यक्रम

नेपाली कांग्रेसको आजदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठक लम्बिने देखिएको छ । बैठकमा पार्टीको महाधिवेशन बाहेक विश्वव्यापी कोरोना महामारीको कारण नेपालमा परेको असर, कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले चालेको कदम, मुुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक समस्याका बारेमा पनि छलफल हुनेछ ।

सरकारले संसदमा ल्याएका अधिनायवादी प्रकृतिका विधेयकहरु, मिलेनियम च्यालेञ्ज कर्पोरेशनसंग गरिएको संझौता बमोजिम ५० करोड अमेरिकी डलरको अनुदान सहयोग लिन देखाएको उदासिनता, कालापानी,लिपुलेक र लिम्पियाधुराको नेपालको भूमि फिर्ता लिन देखाएको उदासिनता, कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि ल्याइएका स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, नेपाल वायुसेवा निगमको चार्टड उडान र विदेशमा बसेका नेपालीको उद्धारमा भएको अनियमितता, राहत तथा उद्धार प्याकेज,आर्थिक पुनरुत्थानका योजना, क्वारेन्टाइन र स्वास्थ्य केन्द्रहरुको अवस्था, विद्यालय तथा शैक्षिक प्रतिष्ठान र विद्यार्थीको भविष्यमा पुगेको असर आदिका बारेमा पनि छलफल गर्नुपर्ने अवस्था छ ।

Share Now

Leave a comment.