Prakash Adhikari July 16, 2020

काठमाडौं, १ साउन । आजदेखि राजधानीका तीन वटै जिल्लामा साझा यातायातका गाडीहरु सञ्चालन हुने भएका छन् ।

साझा यातायातले आफूले गाडी सञ्चालन गर्ने पुरानै रुटमा सेवा सुचारु गर्ने जनाएको छ । साझाले बिहीबार बिहान ७ः३० बजेदेखि बेलुकाको ७ बजेसम्म सेवा दिने जनाएको छ । साझा बस लगनखेलदेखि बसपार्क, रत्नपार्क, बुढानीलकण्ठ, बुङमती, थानकोट, कमलविलायक, लगनखेल, एयरपोर्ट, दक्षिणकाली, लामाटार, भक्तपुर सूर्यबिनायक लगायतका रुटमा चल्नेछन् ।

‘नेपाल सरकारबाट अनुमति पाएका उपत्यकाका रुटमा नै बस सञ्चालन गर्दैछौँ । हामीसँग भएकामध्ये २० देखि २५ प्रतिशत गाडी मात्र चलाउन लागेका हौँ’, साझा यातायातका प्रबन्धक महेन्द्र राज पाण्डेले बताउनुभयो ।

Hamro Awaz (हाम्रो आवाज): Sajha Yatayat

हाललाई यति मात्र सञ्चालन गरेतापनि आवश्यकता अनुसार सवारी संख्या बढाउँदै लैजाने पनि पाण्डेले जानकारी दिनुभएको छ ।

साझाले सरकारले तोके अनुसार पुरानो भाडा दरमा ५० प्रतिशत थप गरी सेवा शुल्क लिने बताएको छ ।

सरकारले निर्धारण गरेको सुरक्षाको मापदण्ड बमोजिम नै बससेवा सञ्चालन गरिने साझाले जानकारी दिएको छ ।

सार्वजनिक यातायातका लागि बसका कर्मचारीदेखि यात्रुहरूले सवैले स्यानिटाईजर प्रयोग गर्नुपर्ने मापदण्ड सरकारले बनाएको छ । त्यसैगरी चालक र सहचालकले पन्जा लगाउनुपर्ने हुन्छ । बस चढ्दादेखि ओर्लदासम्म व्यक्तिगत दुरी कायम राखेर यात्रा गर्न साझाले अनुरोध गरेको छ।साझाले यी सबै मापदण्डको प्रयोग हुने बताएको छ ।

Sajha yatayat Night Bus - YouTube

यात्रुहरुलाई खुद्रा पैसा बोकेर आउन हामी अनुरोध गर्दछौ’ , साझाका महाप्रबन्धक पाण्डेले भन्नुभएको छ, ‘यात्रु तथा कर्मचारी सबैको सुरक्षाकालागि यी नियमहरु पालना गर्न हामी अनुरोध गर्दछौँ ।’

कोरोना भाइरसको कारण गरिएको लकडाउनको समयमा नाफा नोक्सान भन्दा पनि अत्यावश्यक काममा निस्कने यात्रुहरुको सेवामा केन्द्रित भएर सेवा आरम्भ गरिन लागेको साझाले जनाएको छ ।

‘खर्च धान्ने नधान्ने भन्दा पनि सेवालाई प्राथमिकतामा राखेर भोलिदेखि सेवा पुनः शुभारम्भ गर्न लागेका हौँ ‘, साझाका महाप्रबन्धक महेन्द्र पाण्डे भन्नुभयो ।

Share Now

Leave a comment.