Prakash Adhikari July 27, 2020

 

काठमाडौं, १२ साउन । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ भने अतिरिक्त प्रहरी महानिरीक्षकको रिक्त दरबन्दीमा डीआईजीद्धय प्रद्युम्न कार्की र निरज शाहीलाई बढुवा गरेको छ।

सरकारले रेडियो नेपालको महाप्रवन्धकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त्त गर्ने निर्णय पनि गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेशकुमार सिलवाल र उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ ।

Share Now

Leave a comment.