Prakash Adhikari August 2, 2020

 

जोहान्सवर्ग(दक्षिण अफ्रिका), १८ साउन(बीबीसी) । दक्षिण अफ्रिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या ५ लाख नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।

स्वास्थ्यमन्त्री ज्वेली म्किजेले शनिवार १० हजार १ सय ७ जनामा सङ्क्रमण पुष्टि भएपछि कुल सङ्ख्या ५ लाख ३ हजार पुगेको घोषणा गरेका हुन्। तीमध्ये ८ हजार १ सय ५३ जनाको मृत्यु भएको छ।

अफ्रिका महादेशमा कोरोनाभाइरस सङ्क्रमणबाट दक्षिण अफ्रिका अतिप्रभावित देश हो।

पूरै अफ्रिकामा पुष्टि भएका सङ्क्रमितमध्ये आधा त्यहाँ छन्।

अमेरिका, ब्रजिल, रुस र भारतपछि विश्वभरि धेरै सङ्क्रमित हुने देशमा पाचौँ स्थानमा दक्षिण अफ्रिका पर्छ।

तीव्र रूपमा वृद्धि

दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले सङ्क्रमण फैलिने दर बढिरहेको र अहिले राजधानी प्रिटोरियावरपर सङ्क्रमितको सङ्ख्या धेरै रहेको बताएका छन्।

एकतिहाइभन्दा बढी सङ्क्रमित दक्षिण अफ्रिकाको वित्तीय क्षेत्र रहेको खाउटेङमा छन्। उक्त प्रान्त एकदमै छिटो महामारीको केन्द्रबिन्दु बनेको थियो।

अझै ‍एक महिना सङ्क्रमितको सङ्ख्या उच्चबिन्दुमा नपुग्ने ठानिएको छ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन दक्षिण अफ्रिकामा एप्रिल र मे महिनामा एकदमै कडा लकडाउन लगाइएको थियो।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन दक्षिण अफ्रिकामा एप्रिल र मे महिनामा एकदमै कडा लकडाउन लगाइएको थियो।

 नक्सामा

 

दक्षिण अफ्रिका४९३,१८३ सङ्क्रमण

स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका), स्थानीय अधिकारीहरू

तथ्याङ्क अद्यावधिक २०२० अगस्ट १, १५:११ GMT+५:४५

सङ्कटकाल घोषणा
तर जुन महिनामा बिस्तारै बजारहरू खुल्न थाले।

गत महिना फेरि सङ्क्रमितको दर बढ्न थालेपछि लकडाउन पुनस् लगाइयो। त्यहाँ अगस्ट १५ तारिखसम्मका लागि सङ्कटकालीन अवस्था घोषणा गरिएको छ।

बिरामीको चाप बढेपछि दक्षिण अफ्रिकाको अस्पतालहरूमा उल्लेख्य मात्रामा तनाव बढेको छ।

त्यहाँको स्वास्थ्य प्रणाली बारम्बार विफल भएको र स्वास्थ्यसेवा धराशायी हुने अवस्थामा पुगेको बीबीसीले गरेको एउटा अनुसन्धानमा पत्ता लागेको छ।

राष्ट्रपति सीरिल रामापोसाले गत महिना कोभिड(१९ का बिरामीका लागि २८ हजार शय्या उपलब्ध गराएको बताउनुभएको थियो। तर त्यहाँ गम्भीर रूपमा चिकित्सक र नर्सहरूको अभाव देखिएको छ।

Share Now

Leave a comment.