Prakash Adhikari August 3, 2020

काठमाडौं,१९ साउन ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएका ८ जनाकै शव निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा छन् ।मृतक राजेन्द्र चौरसिया र घाइते बारु शाह भारतीय नागरिक हुन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा परेकामध्ये एक जनाको जीवितै उद्धार भएको छ ।

पहिरोले पुरिएर घाइेत भएका बारु शाहलाई एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए ।

उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो ।

गएराति करिब दुई बजेतिर आएको पहिरोमा मजदुरहरु पुरिएका हुन् ।

प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो ।

प्रहरीले पहिरोमा पुरिएकाहरुको उद्धार र खोजीमा नेपाली सेना, प्रहरी खटिएका थिए ।

गत असार २४ गते राति सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।

Share Now

Leave a comment.