Prakash Adhikari August 3, 2020

 

काठमाडौं, १९ साउन । नेपाल वातावरण पत्रकार समूहको नयाँपुस्ता कार्यक्रम तथा शैली थियटरले संयुक्त रूपमा आयोजनामा गरेको मिडिया लिटरेसीसम्बन्धी अनलाइन नयाँपुस्ता/शैली राष्ट्रिय निबन्ध प्रतियोगिताको विजेता सार्वजनिक गरिएको छ।

दुवै संस्थाले आज सार्वजनिक गरेको नतिजा अनुसार प्रतियोगितामा पोखरा रानिपौवाको ग्लोबल कलिजियट स्कुलको कक्षा ११ मा पढने रोजिता आचार्य क्षेत्री पहिलो हुनुभएको छ। यसैगरी सो प्रतियोगितामा महेश संस्कृत गुरूकुलम् देवघाट तनहुँका कक्षा १० का छात्र प्रविण नेपाल दोश्रो हुनुभएको छ भने पञ्चोदय मावि धनगढी कैलालीका एसईईका छात्र पवन भट्ट तेश्रो हुनुभएको छ।

नेपाली बालबालिकलाई मिडिया लिटरेसीका बारेमा कति जानकारी छ र उनीहरूमा आलोचनात्मक ढङ्गले विश्लेषण गर्ने क्षमता बुझ्नका लागि द नेदरल्याण्ड्सको द फ्रि प्रेस अनलिमिटेडको सहयोगमा आयोजना गरिएको यो प्रतियोगिताको पहिलो पुरस्कारमा प्रमाणपत्र र रू १५,०००।-दोश्रो पुरस्कार: रू १०,०००।- र तेश्रो पुरस्कार: रू ५,०००।- रहेको छ।

यो प्रतियोगितामा सहभागीमध्ये योग्यता पुगेका १३३ जनाको निबन्धलाई समावेश गरिएको थियो। कोभिड १९ को बढ्दो संक्रमणका कारण यो प्रतियोगिता भर्च्युअल रूपमा आयोजना गरिएको र यसका निर्णायकहरूले पनि अनलाइनमा नै ती निबन्धको परिक्षण गरेका थिए। बालबालिकाको सुरक्षाका लागि उनीहरूले पाएको पुरस्कार तथा प्रमाणपत्र समेत अनलाइनबाट नै पठाइने व्यवस्था गरिएको आयोजकले वताएका छन्।

इन्टरनेट सूचना क्रान्तिको माध्यम हुँदाहुँदै पनि यो भ्रामक सूचना/समाचार वा हल्लाको खानी पनि भएको र त्यसबाट बच्न मिडिया साक्षरता वा लिटरेसीका बारेमा बालबालिकामा चेतना बढाउन आवश्यक रहेको आयोजकहरूले जनाएका छन् ।

Share Now

Leave a comment.