Prakash Adhikari August 6, 2020

काठमाडौं, २२ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को द्धन्द्ध अब नयाँ चरणमा प्रवेश गरेको छ ।प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष के.पी.शर्मा ओली र उहाँलाई दुवै पदबाट ससम्मान विस्थापित गर्ने तयारीमा रहेको अर्का कार्यकारी अध्यक्ष एवम् पूर्व्रप्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालबीचको संवादको कडी लगभग टुट्न गएको छ ।

बुधबार साँझ ५ बजेको लागि निर्धारित गरिएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी. शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डबीचको बालुवाटार बैठक प्रधानमन्त्रीका तर्फबाट अनिश्चित कालसम्मकोलागि स्थगित गरिएपछि यो स्थिति आएको हो ।

https://www.facebook.com/surya.thapa.754918/posts/3217692601656555

तर प्रधानमन्त्री निकट सूत्रहरुका अनुसार मंगलबार बालुवाटारमा सम्पन्न वार्तामा नै प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसहित उहाँको समूहले सारेका दुवैपदबाट राजिनामा गर्ने काम हुन नसक्ने भएकोले आइन्दा बार्ताको बहानामा बालुवाटार नआउन समेत अनुरोध गर्नुभएको  छ । प्रधानमन्त्री ओलीले आफू स्थायी समितिको बैठकमा पनि नजाने र केन्द्रीय कमिटिको बैठक पनि नबोलाउने कुरा पनि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई दिइसक्नुभएको छ ।

रक्षाबन्धनको दिन बालकोटस्थित निवासमा निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीलाई उहाँका निकट र भरोसायोग्य सांसद द्धय महेश बस्नेत र गोकुलप्रसाद बास्कोटाले गुलियो र चिप्ला कुरा नगरेर तिते करेलाजस्तो यथार्थवादी कुरा गर्न सुझाव दिएपछि प्रधानमन्त्रीले सोही अनुरुप अर्का अध्यक्ष पुष्पकमल दाहाललाई व्यवहार गर्नुभएको बताइन्छ ।

इतर समूहको पत्रकार भेला

आफ्ना कार्यकर्तालाई सडकमा विरोध नचर्काउन अनुरोध गर्दै पार्टीभित्रका आन्तरिक विवाद आपसी सम्वादका माध्यमबाट साम्य गरी पार्र्टी एकता यथावत राख्ने कार्यकारी अध्यक्षको धैर्यको बाँध टुट्दै गएको देखिन्छ । वालुवाटार छिरेर वार्ताबाट प्रधानमन्त्री ओलीलाई पगालेर स्थायी समितिको बैठक र केन्द्रीय समितिको बैठकमा लगेर उहाँको विरुद्धमा निर्णय गराई हस्ताक्षर गराउने प्रयास पारलाग्न सक्ने नदेखिएपछि निराश भएको प्रचण्ड माधव झलनाथ समूहले प्रधानमन्त्री के.पी.शर्मा ओली विरुद्ध जेहाद छेडेको छ ।

विवादलाई आपसी वार्ताबाटै समाधान गर्ने अध्यक्ष ‘प्रचण्ड’को आशामा तुषारापात भएपछि बाध्य भएर उहाँसहित प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओली विरोधी समूहका वरिष्ठ नेताहरुले राजधानीमा एक सयभन्दा बढी पत्रकारलाई बोलाएर प्रधानमन्त्री ओलीले पार्टीको सांगठानिक संरचनालाई उपेक्षा गर्दै निर्दलीय शैलीमा अधिनायवादी पाराले शासन गरेको आरोप लगाउनु भयो ।

Rumors about party’s internal debates baseless: Prachanda’s Secretariat

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीइतर समूहले बुधबार राजधानीको एक कलेजमा गरेको कार्यक्रममा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि आफूहरूलाई दलाल करार गर्न खोजेको र नेताहरूको बीचमा विभाजन पैदा गर्न खोजेको आरोप लगाउनुभयो। पूर्व प्रधानमन्त्री प्रचण्डले पार्टीमा एकताको पक्षधर र फुटवादी सोच राख्नेहरूको बहस भइरहेकोसमेत जिकिर गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले २०७४ सालको आम निर्वाचनमा गठबन्धन निर्माण गर्दादेखि नै प्रतिक्रियावादीहरूले फुटाउन र कम्युनिष्ट आन्दोलनलाई विभाजितै राख्न खोजेको आरोप लगाउदै अहिलेको कलह त्यसैबाट सिर्जित भएको समेत दावी गर्नुभयो।

उहाँलेदेशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले कम्युनिस्ट पार्टी एकतावद्ध नहोस र छिटोभन्दा छिटो विभाजित हुँदै क्षतविक्षत होस् भन्ने चाहना राखेको बताउदै भन्नुभयो,उनीहरूले गठबन्धन गर्दाका दिनदेखि असफल पार्न कोसिस गरे। चुनावपछि पनि दुईवटा पार्टीको एकता नहोस् भने। हामीले प्रतिवाद गर्दै एकता गर्न सफल भयौं।

कम्युनिष्ट पार्टी कमजोर पार्न चाहने साम्राज्यवादी, पुँजीवादी, सबैखाले प्रतिगमनकारी शक्तिहरूले गलत विचार, कार्यशैली, संस्कार अपनाउने तत्वहरूलाई उपयोग गर्ने गरेको उल्लेख गर्दैजनताको बहदलीय जनवाद, २१ औं शताब्दीको जनवाद र जनयुद्धबारे पार्टीको राजनीतिक दस्तावेजले उच्च सम्मान गरेको बेला यो विषयमा पनि विवाद निम्त्याइएको प्रसंग सुनाउनुभयो । पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा नै उहाँको समूहले देशव्यापी जनताको बहुदलीय जनवादका नाममा कार्यक्रम गरेर एकताको भाजनामाथि चोट पुर्याएको पनि उहाँले बताउनुभयो।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढीकरण गर्न स्थायी कमिटीको बैठक चलिरहँदा अध्यक्ष केपी ओलीले एमाले दर्ता गर्न सहमति दिएको र त्यसले उहाँको विभाजनकारी मानसिकतालाई उजागर गरेको बताउनुभयो ।

उहाँले प्रश्न गर्दै भन्नुभयो,”प्रधानमन्त्री स्वंयले पहल गरेर एमाले दर्ता गर्न निर्वाचन आयोगमा जानु पार्टी एकताको पक्षमा भएको हुन्छ त ? त्यसले पार्टी एकता बनाइराख्न भूमिका खेलेको भन्ने देखाउँछ त ? बिल्कुल देखाउँदैन। यो पनि एकताको पक्षमा होइन, फुटको पक्षमा हो भन्ने त्यसले राम्रैसँग प्रमाणित गरेको छ ।पार्टी बैठक चलिराखेको छ। युवाहरूलाई आह्वान गरेर देशभरि जिन्दावाद र मुर्दावादको नारा लाग्छ। नक्सा छापिनु पर्‍यो भनेर जसले भने, पार्टी कमिटीबाट निर्णय गराए उनीहरू दलाल हुने ? अन्तिममा सचिवालयको बैठकमा नीति कार्यक्रममा हाल्नै पर्‍यो भनेपछि हाल्नेचाहिँ महान राष्ट्रवादी ?”

Khanal objects to party's new hierarchy - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles

कार्यक्रममा बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओली नवउदारवाद, बुर्जुवा पुँजीवादतिरै ढल्किएको आरोप लगाउनुभयो । उहाँले ओली नेतृत्वमा बनेको दोस्रो सरकारले अढाइ वर्ष शासन गरेको तर जनताको सुख,शान्ति र समृद्धिका लागि काम गर्न नसकेको उल्लेख गर्दै भन्नुभयो, ” विकास, निर्माण गर्ने हो भने यो समयमा नेतृत्व लिन सकिन्छ। दुई चार महिना, एक वर्षमा केही गर्न सकिँदैन। अढाइ वर्षमा जति पनि गर्न सकिन्छ। उहाँले भन्नुभयो,हामीले तीनवटा बजेट ल्यायौं एउटा बजेटमा राम्ररी तयारी भएन कि भनेर शंकाको लाभ दिन सकिन्छ। तर, तीन वटा बजेट आइसक्यो, खै अग्रगति, खै समाजवादमा जाने कार्यक्रमरु समाजवादको के नीति आयो ?”

समाजवादमा जाने आधार निर्माण गर्न माग गर्ने नेता र कार्यकर्ताहरुलाई हुल्लडबाज र सडक छापको दर्जा दिएको भन्दै खनालले प्रधानमन्त्री ओलीका सोंच,विचार र आचरण पूरै अधिनायकवादी भएको आरोप लगाउनुभयो ।

बुर्जुवा प्रजातन्त्रमा मात्रै प्रधानमन्त्री अल इन अल हुने उल्लेख गर्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट प्रणालीमा सरकार पार्टीको मातहत हुनपर्ने तर्क गर्नुभयो ।

उहाँले संविधानले नै समाजवादी आर्थिक तथा सामाजिक राज्य व्यवस्थाको परिकल्पना गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “यो समाजवादी दिशातर्फ जाने कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकार हो । प्रधानमन्त्री अल इन अल होइन। हामी नयाँ अवस्थामा थियौं। तर केपी ओलीले पुँजीवादी ढाँचा र ढर्रामा सरकार चलाउनु भयो । पार्टीले उम्मेदवार बनायो, पार्टी संसदीय दलले प्रधानमन्त्री बनायो तर संसदीय दल र पार्टी उहाँका निम्ति भर्‍याङमात्रै बने। उहाँले पार्टीलाई उचाइमा पुग्ने भर्‍याङ बनाउनु भयो।”

प्रधानमन्त्री निर्वाचित भइसकेपछि ओलीले पार्टीका नीति, संसदीय दल, घोषणापत्र केहीलाई पनि वास्ता नगरेको पार्टीका औपचारिक सांगठानिक संरचनाहरुलाई उपेक्षित गर्दै स्वेच्छाचारी शैलीमा शासन चलाएको आरोप उहाँले लगाउनुभयो । उहाँले सरकारले गर्ने राजनीतिक नियुक्ति पनि विवादमा पर्ने थालेको स्मरण गराउनुभएको थियो ।

Campaign of 'Happy Nepali, Prosperous Nepal' will be successful: leader Nepal - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles
कार्यक्रममा वरिष्ठ नेता माधव नेपालले बहुमतको निर्णय पार्टीको निर्णय हुने बताउदै त्यस्तो निर्णयमा चित्त नबुझेमा अध्यक्षले समेत नोट अफ डिसेन्ट लेख्न सक्ने उल्लेख गर्नुभयो।

पूर्वप्रधानमन्त्री नेपालले म सबै हो भन्ने भ्रमले सरकार र पार्टीभित्र समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीको सदस्य कमिटी प्रणालीअनुसार चल्नुपर्ने बताउदै पार्टी विधि र नीतिबाट मात्र चलाउनुपर्ने उल्लेख गर्नुभयो।

उहाँले पार्टीको संरचनालाई सक्रिय गरेको भए हालको जस्तो विवादको अवस्था नआउने बताउँदै भन्नुभयो नियमित बैठक बसेको भए अहिलेजस्तो बैठकबाट डराएर भाग्नपर्ने स्थिति नै नआउने पनि बताउनुभयो ।

उहाँले सरकार सञ्चालनमा पार्टीलाई रतिभर वास्ता नगरिएको उल्लेख गर्दै भननुभयो , पार्टीलार्य बिसर्जनमा पुर्‍याइएको छ ।

प्रधानमन्त्रीले व्यक्तिवादी चरित्रलाई प्रोत्साहित गरेर पार्टीलाई नोक्सान मात्रै पुर्‍याएको र चरम व्यक्तिवादमा फसाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आफ्ना गल्तीहरु लुकाउन अरूलाई हिलो छ्यापिएको छ ।”

कार्यक्रममा नेता नेपालले नेकपाभित्रको हालको विवाद पद र सुविधाको लडाइँ नभएको तर पार्टीलाई गतिशील बनाउले प्रयाससम्म भएको तर्क राख्दै भन्नुभयो, “यो जनतामा आशा र विश्वास जगाउने लडाइँ हो। बहुमतले जे भन्छ त्यही गर्नुपर्‍यो, त्यही छलफल गर्नुपर्‍यो।”

narayankaji-shrestha -

कार्यक्रममा उपस्थित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अहिलेको विवाद यो पदको नभई विचारको भएको बताउनुभयो।

‘यो विचारको बहसको हो। पार्टी र मुलुक कसरी चलाउने भन्नेबारेको बहस भएकाले यसलाई पदसँग मात्र जोड्नु हुन्न,’ श्रेष्ठले भन्नुभयो।

कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय खनाल, नेपाल, प्रवक्ता श्रेष्ठ, स्थायी कमिटीका पम्फा भुसाल र रघुजी पन्त सहभागी हुनुहुन्थ्यो।

के नेकपा फुट्छ ?

प्रधानमन्त्रीको रुखो शैली र इतर समूहका नेताहरुको अभिव्यक्ति र तयारी हेर्दा नेकपाभित्र अब शान्ति प्रयास समाप्त भएको र अब निर्णायक युद्दबाटै सत्ताको निर्णय हुने अनुमान गर्न सकिन्छ ।

मध्यमार्गी समाधान टाढिदै गएकोले अब आ-आफ्नो अस्तित्व रक्षाका लागि प्रधानमन्त्री ‘टसको मस नहुने ‘तथा इतर समूहले जारी स्थायी समितिको बैठकलाई एजेण्डामा छलफल गर्न लगाएर प्रधानमन्त्रीविरुद्ध कारबाहीको पृष्ठभूमि तयार पार्ने कार्य हुनेछ । एक अध्यक्षले नचाहादा पनि बहुमत सदस्यको उपस्थितिमा अर्को अध्यक्षले बैठक आहवान गरेर सञ्चालन गर्न सक्ने नजिर साउन १३ गते स्थापित भैसकेको छ । यसैले केन्द्रीय समितिको बैठक पनि बस्छ र प्रधानमन्त्रीमाथि कारबाही गर्ने तथा फिर्ता बोलाउने निर्णय गरी संसदीय दलको नेता फेर्न निर्णय गर्नेछ । प्रधानमन्त्री लचिलो हुनसक्नु भएन भने यसले संभवत सत्तारुढ दललाई दुई चिरा बनाउने छ ।

भनिन्छ, प्रधानमन्त्री के.पी.शर्मा ओलीले पार्टी विभाजन भएपछि विभाजित पार्टीको कार्यवाहक अध्यक्ष महत्वाकांक्षी नेता बामदेव गौतमलाई दिने आश्वासन दिनुभएको छ । स्थायी समितिको बैठक चलिरहेकै बेलामा प्रधानमन्त्री ओलीको सहमा निर्वाचन आयोगमा नेकपा एमाले नामक राजनीतिक दल दर्ताको निवेदन परेको प्रचण्ड खनाल र नेपाल गुटको आरोप छ ।

 

Share Now

Leave a comment.