Prakash Adhikari August 6, 2020

 

बेरुत(लेबनान), २२ साउन(बीबीसी) । बेइरतमा भएको ठूलो विस्फोटनमा परी जीवन गुमाउनेको संख्या १ सय ३५ पगेको छ भने ४ हजार भन्दाबढी घाइते भएका छन

मंगलबार भएको उक्त विस्फोटको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनान सरकारले जनाएको छ।

राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको हो।

कारण
भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर ‘त्यस्तो नभएको’  बताउनुभएको छ।

‘विस्फोटनको कारण पत्ता लगाउने कार्य हामी विज्ञहरूमा छोड्छौ ‘, उहाँले भन्नुभयो।

विस्फोट हुन सक्ने गुण भएको रसायन अमोनियम नाइट्रेट कृषि क्षेत्रमा मलका रूपमा समेत प्रयोग गरिन्छ।

बुधवार मन्त्रिपरिषद्को आपतकालिन बैठकमा राष्ट्रपति आउनले बेइरुतमा अघिल्लो रातको आतङ्क शब्दमा बयान गर्न नसकिने बताउनुभएको छ।

लेबनन

लेबनान

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमामा खसालिएको अणु बमको शक्तिसँग तुलना गर्दै त्यो १० भागको एक भाग रहेको अनुमान गर्नुभएको छ।

उनीहरूले पछिल्लो घटना ुनिस्सन्देह आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटन मध्येको एकु बताएका छन्।

अधिकारीहरूका अनुसार बेइरुतको एउटा गोदाममा ६ वर्षदेखि उक्त विस्फोटक पदार्थ राखिएको थियो।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

लेबनन

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।

बेइरुतका बन्दरगाहका प्रमुख र भन्सार प्रमुख दुवैले स्थानीय सञ्चार माध्यमहरूलाई जनाए अनुसार सुरक्षाका लागि उक्त रसायन निर्यात गरिनुपर्ने वा बन्दरगाहको सुरक्षा सुनिश्चित गर्नका लागि बिक्री गर्नुपर्ने भन्दै उनहरूले न्यायिक निकायहरूलाई कैयौँ पत्र लेखेका थिए।

बन्दरगाहका महाप्रबन्धकले अदालतले उक्त रसायन गोदाममा भण्डारण गर्न आदेश दिँदा आफूहरूलाई त्यो खतरनाक हुन सक्छ भन्ने थाहा भएको तर ‘यति विधि खतरा होला भन्ने भने नठानेको ‘ ओटीभीलाई बताउनुभएको छ ।

 

Share Now

Leave a comment.